Logo

सिसीएमसीको टोलीद्वारा होल्डिङ सेन्टरको अवलोकन



काठमाडौँ, २२ जेठ । सरकारले विदेशबाट ल्याउने प्रदेश नं १ र २ का नागरिकलाई भक्तपुरमा राखेर पठाउने भएपछि नेपाली सेना वीरदल गण भक्तपुरको नेतृत्वमा होल्डिङ सेन्टरको निर्माणको काम तीव्रगतिमा भएको छ ।

प्रदेश नं १ का नागरिकलाई सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित इम्पेरियर बैंक्वेट र प्रदेश नं २ का नागरिकलाई मध्यपुरथिमि नगरपालिका–४ स्थित हेरिटेज बैंक्वेटमा राखिने भएपछि सेनाको टोलीले गरेको तयारीको बुधबार कोभिड–१९ क्राइसिस म्यानेजम्यान्ट सेन्टर (सिसीएमसी) को टोलीले अनुगमन गरेको छ ।

प्रधानमन्त्रीको कार्यालय, परराष्ट्र, स्वास्थ्य तथा जनसङ्ख्या, सामान्य प्रशासन, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिसीएमसीमा रहेका संयुक्त टोलीले यसको तयारीको अवस्थाबारे जानकारी लिन आज होल्डिङ सेन्टरको अवलोकन गरेको हो ।

अनुगमन टोलीलाई जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले जिल्लामा आइपर्ने विभिन्न समस्याका बारेमा सिसीएमसीको निर्देशिकाले स्पष्ट नबोलेको भन्दै सहजरूपमा काम गर्ने गरी अधिकार दिनुपर्ने बताएका छन् । (रासस)



प्रतिक्रिया दिनुहोस्