Logo

चौतर्फी दवाव आएपछि लकडाउनको स्वरुप परिवर्तन गर्दै सरकार,मन्त्रिपरिषद्को बैठक बोलाईयो



काठमाडौं, जेठ २२ । चौतर्फी दवाव आएपछि सरकारले लकडाउनको स्वरुप परिवर्तन गर्ने तयारी गरेको छ । आज दिउसो ४ बजे बस्ने मन्त्रिपरिषद्को बैठकले लकडाउन खुकुलो बनाउन स्वरुप परिवर्तनबारे निणर्य गर्न सक्ने सरकारका एक मन्त्रीले बताएका छन् ।

‘बुधबार विज्ञहरुसंग लकडाउनको स्वरुप परिवर्तनबारे छलफल गरेको प्रघानमन्त्रीले आज निर्णय गर्न गरि बैठक बोलाइएको छ । सम्भवत आज केहि महत्वपूर्ण निणर्य हुन सक्छ ।’ स्रोतको भनाई छ ।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीसंगको छलफलमा सहभागी रहेका डा सागरमणी दक्षितले अधिकांशले लकडाउनको स्वरुप परिवर्तन गर्नु पर्ने र सतर्कतालाई पनि उत्तिकै ध्यान दिनु पर्ने सुझाव दिएको बताएका छन् ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार भारतीय क्षेत्रबाट नेपाल प्रवेश गरेका क्षेत्रलाई उच्च सुरक्षा र सतर्कतामा राख्दै बाँकी क्षेत्र खुला गर्ने गरी तयारी भएको छ । प्रदेश २, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा लकडाउन खुला गर्न नसकिने सरकारी निष्कर्ष छ ।

पसलहरु खोल्न दिने, भिडभाड नियन्त्रण गर्ने, मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, निजी सवारी साधनहरु चल्न दिनेलगायतका व्यवस्था हुनसक्ने बताइएको छ । सरकारले गत चैत ११ देखि देशव्यापी लकडाउन घोषणा गरेको आज ७३ दिन पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्