बालअधिकार सम्वन्धी सबै कानुन कागजमा सिमित !

"निर्दोष बालबालिका माथी अत्याचार विरुद्धको दिबस" 


सुशील बस्याल

निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको दिबस अग्रेजी पात्रो अनुसार जुन ४ गते मनाईन्छ ।उक्त दिबस ठुला,ठुला होटलमा गोस्ठि गरि मनाईन्छ ।बालबालिकालाई कुपोषण नहोस ,सडकका पेटिमा सुतेर दिन बिताउन नपरोस र बस ठटाएर गुर्जो टार्न नपोरोस भनी नारा घन्काउदै भाषण ठोग्दै हिड्छन।केही भलादमी टाउकाहरु हिड्ने बेला अबोध बालकले जुत्ता पालिस गरि त्यही जुत्ता लागाएर आएको बिर्सिए जस्तो गर्छन ।नारा घन्किएको बर्षौ हुदा पनि केही परिवर्तन हुन सक्दैन।कसरी बन्छ देश?कसरी बाच्छन अबोध बालबालिका?

बालबालिकाले उचित खाना ,मौसम अनुसार लुगा ,सजिलो ओछ्यानमा सुत्न पाउनु ,अनौपचारिक ,औपचारिक शिक्षा पाउनु नैसर्गिक अधिकार हो ।तर पहुँचबालाहरुले घरमा मजदुरको रूपमा बालकामदार राखेको धेरै उदाहरण पाईन्छ ।बालकलाई जबर्जस्ती काममा लगाएको देखि,देखि सस्थाको हाकिम भन्न डराउछन।बिधालय जाने उमेरका बालबालिकाहरु होटलमा भाडा माझी ,सडकमा जुत्ता पालिस गरि दिन ब्यातित गर्न बाध्य छन ।बालअधिकारको बारेमा खाली भाषण र दिबस मनाएर होईन कार्यन्वन गर्नु पर्छ ।

हुन त ! शिक्षा ब्यापार भैसकेको छ ,राजनीति उधोग भैसकेको छ ।अबोध बालबालिकाहरुले सपना देख्न प्रतिबन्ध छ ।बालअधिकार माथी नै प्रहार हुन्छ।बाल अधिकार राजनैतिक बिषय होईन भन्ने कुरा बुझ्न जरुरत छ ।पिताको सरक्षण र माताको मातृत्व खोसिएका बालबालिकाहरुले टुहुरो उपनाम पाउँछन् ,कहिले हुन्छ खोही? यसको अन्तय।
बालअधिकारको सरक्षण र प्रबधन गर्न धेरै नितिगत ब्यबस्था रहेका छन ।अन्तर्राष्ट्रिय सन्धी सम्झौताहरु सबै कागजी पानामा मात्र सिमित छन ।किन कार्यन्वन हुन सक्दैनन् ?
बालअधिकार सरक्षण र प्रबधनका लागि सरकारि र गैरसरकारी तवरबाट प्रयासहरु नभएका होईनन।तर बालबालिका माथी हुने हिंसा ,अत्याचार ,शोषण कम हुन सकेका छैन ।बालबालिकाहरु कुपोषण भै ,उपचार गर्न नपाई मुत्युको सिकार बन्न बाध्य छन ।सभ्य भब्य समाजको निर्माण को लागि सबै सरोकारवालाहरुको एकीकृत प्रयासबाट मात्र चुस्त दुरुस्त र प्रभाबकारी बनाउन सकिन्छ । अहिले नेपालका केही जिल्ला ,गाउपालिका बालमैत्री छन ।२०७७-२०८८ बजेट बिनियोजनमा सडक बालबालिका मुक्त देश भनेर घोषणा गर्ने कुरा आएको छ। उक्त कुरामा जनताहरुको पनि अबस्य साथ रहन्छ । सरकार बाट पनि संबंधित बिषयमा विशेष ध्यान जानेछ।निर्दोष बालबालिका अत्याचारमा पर्ने छैनन।

कुनै पनि अधिकार बाट बन्चित भएर बस्नु पर्ने अवस्था नआओस। आफन्त हुदाहुदै पनि टुहोरो उपनामले चिनिन नपरोस् ।बालबालिकाका समस्या खोजेर त्यसलाई समधान गर्न नागरिक समाज ,अभिभावक,बिद्यालय,सरोकारवाला र अन्य पक्षको भुमिका अपिराहार्य रहेको छ।भाषण गर्दा दुई तिन जनाले मन्टो हल्लाएर ,टेबुल ठोगेर, तालि पिटेर बालबालिकाले अधिकार पाउदैनन,सम्बन्धित सबैमा यस बिषयमा सबैको ध्यान जाओस ध्यानाकर्षण गराउन चाहान्छु ।
जय देश !जय दिबस
“बालबालिकाको अधिकार् सबै बालबालिकाले पाउनुपर्छ
कसैको नोकर दासी बनेर होईन
किताब ,कापी बोकि स्कुल पढ्न आउनुपर्छ.”

बगनासकाली -८ बराङ्दी बेलौतिखरक

Skip This

Omoda E5 Pro