Logo

निर्दोष बालबालिका माथी अत्याचार भएको छ !



सुशिल बस्याल

बालबालिकाहरु सडकमा सुत्नु परेको छ
टुहुरो बनी अर्काको घरमा काम गर्न परेको छ
अपहेलित भै काम गर्न बाध्य छन
त्यसैले निर्दोष बालबालिका माथी अत्याचार भएको छ ।

पहुँचबाला जबर्जस्ती काममा लगाउछन
काममा केही गल्ती भए सजाय दिलाउछन
फकाई फकाई काम गराउछन।
त्यसैले निर्दोष बालवालिका माथी अत्याचार भएको छ ।

शारीरिक याताना ,मानसिक तनाब सबै सहेका छन
बालअधिकारको नियम सबै कागजमा सिमित रहेका छन
बालबालिका सडकमै दिन बिताउन बाध्य छन ।
त्यसैले निर्दोष बालबालिका माथी अत्याचार भएको छ ।

मौन बस्न थाले संघ सङगठन पनि
भन्न डराउछन कर्मचारी जबर्जस्ति गरेको देख्दा पनि
अन्याय अत्याचार सहन बाध्य छन ।
त्यसैले निर्दोष बालबालिका माथि अत्याचार भएको छ ।

बालअधिकार राजनैतिक बिषय भएको छ
सस्थाको काम कर्तव्य हात्ती देखाउने दात भएको छ
गरिबिले छट्पटीदा जे गर्न पनि तयार छन ।
त्यसैले निर्दोष बालअधिकार माथि अत्याचार भएको छ ।

सभ्य समाजको निर्माण गर्न प्रयास भएन
हिंसा अत्याचार शोषण कम हुन सकेन
बालबालिकाले टुहुरो उपनाम पाएका छन ।
त्यसैले निर्दोष बालबालिका माथी अत्याचार भएको छ ।

हेपिएर भाडा माझी बस्छन,दुख पाएर
गर्जो टार्ने गर्छन दिनदिन बस ठटाएर
निर्दोष हुदा पनि सजय भोग्या छन ।
त्यसैले निर्दोष बालबालिका माथी अत्याचार भएको छ ।

देशका धेरै ठाउमा बालमैत्री घोषणा भएको छ
सडक बालबालिका मुक्त देश बनाउने खबर आएको छ।
बालअधिकारको हनन भएको छ ।
त्यसैले निर्दोष बालबालिका माथी अत्याचार भएको छ ।

सुशिल बस्याल
बगनासकाली ८ बराङ्दी बेलौतिखरक



प्रतिक्रिया दिनुहोस्