Logo

भारतमा यातायात सञ्चालनसँगै सयौँ नेपाली काँकडभिट्टा नाकाबाट भित्रिए



भद्रपुर, २२ जेठ : भारतमा सार्वजनिक यातायात सञ्चालन भएसँगै काँकडभिट्टा नाकाबाट दैनिक सयौँ नेपाली स्वदेश प्रवेश गरिरहेका छन् । भारतका विभिन्न स्थानमा रोजगारीमा गएकाहरु रेल, बस र हवाईजहाजको माध्यमबाट सीमासम्म आइपुगेकाले उनीहरुलाई सुरक्षितरूपमा उद्धार गरेर मेचीनगर नगरपालिकाले सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा सम्बन्धित जिल्लासम्म पठाउने काम गरिरहेको नगरप्रमुख विमल आचार्यले बताउनुभयो ।

उहाँले भन्नुभयो, “लकडाउन भइसकेपछि सीमा क्षेत्रमा अलपत्र हुनुभएका नेपालीलाई उद्धार गरी गन्तव्यसम्म सुरक्षितरूपमा पु¥याउनु हाम्रो दायित्व हो । काँकडभिट्टा नाकाबाट यति धेरै नेपाली आउनु भयो कि उहाँहरुलाई राख्न होल्डिङ सेन्टर बनाउनुप¥यो ।” उहाँले उनीहरुलाई आ–आफ्नो प्रदेश र जिल्लासम्म पुग्नका लागि यातायातको साधनलाई सवारी पाससहित व्यवस्था गरेको बताउनुभयो । सो काम जिल्ला समन्वय समिति र जिल्ला प्रशासनसँगको समन्वयमा गरेको बताउँदै ७७ जिल्लाकै नागरिकलाई सहयोग पु¥याउने जिम्मेवारी आउँदा कतिपय काम सोचेजस्तो हुन नसकेको उहाँले जानकारी दिनुभयो ।

“एउटा नगरपालिकाले मात्र सबै गर्न सम्भव हुँदैन”, उहाँले भन्नुभयो, “तैपनि हामी जिम्मेवारीबाट कहिल्यै पन्छिएनौँ, भागेनौँ, निरन्तर काममा लागिरहेका छौँ”, नगरप्रमुख आचार्यले प्रदेश नं १ मा रहेको पिसीआर परीक्षण गर्ने तीन प्रयोगशालामध्ये एउटा बिग्रिएकाले रिर्पोट आउन ढिला हुँदा समस्या भइरहेको बताउनुभयो । लामो अवधि होल्डिङ सेन्टरमा राख्न सकिने अवस्था नरहेको बताउँदै कतिपय नागरिकलाई सम्बन्धित जिल्लाकै क्वारेन्टिनमा राखेर पिसीआर परीक्षण गर्ने भन्दै पठाउनुपर्ने बाध्यतासमेत रहेको उहाँको भनाइ छ ।रासस File Photo



प्रतिक्रिया दिनुहोस्