Logo

दक्षिण कोरियाका स्थायी बसोबास गर्ने सम्पूर्ण विदेशी नागरिकले पुनः प्रवेशआज्ञा लिनुपर्ने



२२ जेठ  : कोरोना रोकथामलाई प्रभावकारी बनाउने उद्देश्यका साथ दक्षिण कोरियाका स्थायी बसोबास गर्ने सम्पूर्ण विदेशी नागरिक जुनसुकै देशमा भए पनि कोरिया फर्कंदा जुन १ तारिखदेखि स्थानीय अध्यामनबाट पुनः प्रवेश अनुमति लिनुपर्ने नियम बनाइएको छ ।

सो नियमानुसार यहाँ स्थायी बसोबास गर्ने नेपाली नेपाल वा कोरियाबाहेक अन्य मुलुकमा बसी कोरिया प्रवेश गर्न लागेको छ भने स्थानीय अध्यागमनबाट अनिवार्य प्रवेशआज्ञा लिनुपर्नेछ । दक्षिण कोरियाको न्याय मन्त्रालयका अनुसार यहाँ लामो समय बसोबास गरी केही समयका लागि बाहिर गएका विदेशी नागरिकले सरकारले तोकेका निश्चित मापदण्ड पूरा गरी स्थानीय अध्यागमनबाट पुनः प्रवेशाज्ञा लिनुपर्ने भएको हो ।

मापदण्डअनुसार प्रवेशाज्ञा लिँदा ४८ घण्टाभित्र अनिवार्यरूपमा उक्त देशको सरकारी मान्यता प्राप्त अस्पतालबाट स्वास्थ्य जाँच गरेको रिपोर्ट बुझाउनु पर्ने जनाइएको छ । रिपोर्टमा ज्योरो, रुघाखोकी, शरीर चिलाउने, टाउको दुख्ने, स्वासप्रस्वाससम्बन्धी समस्या आदिको लक्षण भए÷नभएको अनिवार्यरूपमा खुलेको हुनुपर्ने छ । रिपोर्ट कोरियन वा अङ्ग्रेजी भाषामा लेखिएको हुनुपर्ने र मान्यताप्राप्त चिकित्सकको हस्ताक्षरसमेत भएको हुनुपर्ने प्रावधान छ ।

तर कूटनीतिक भिसा, अफिसियल भिसा, सन्धि सम्झौतासम्बन्धी भिसा तथा विदेशमा बस्ने कोरियन नागरिकका लागि भने भिसाको लागि यो नियम लागू नहुने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्