Logo

न्यूरोड लगायतका क्षेत्रमा खुले व्यवसाय, लकडाउनबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै



काठमाडौैं, २२ जेठ ।लकडाउन लम्बदै गएपछि व्यवसायीबाट अवज्ञा पनि बढ्न थालेको छ । बिहीबारदेखि न्यूरोड क्षेत्रका व्यवसायीले पसल सञ्चालन गरेका छन् । दरबारमार्ग क्षेत्रमा व्यवसायी पनि खोल्ने तयारीमा छन् ।

सरकारले लकडाउनमात्र लम्बाएर परीक्षण नबढाएपछि अझै महिनौंसम्म नेपालमा कोरोना संक्रमणको कहर हुने देखिएको छ । जसकारण सुरक्षा प्रोटोकल अपनाएर व्यवसाय चलाउन दिनुपर्ने माग बढ्दै गएको छ ।

उपत्यकाका तीनै जिल्लाका सिडिओले व्यवसायीहरुलाई वार्तामा बोलाएर यसबारे छलफल थालेका छन् । उता प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । लकडाउन खुकुलो बनाउने लगायतका एजेन्डामा बैठक बस्न लागेको हो ।

सरकारले कसरी लकडाउनलाई खुकुलो बनाएर आर्थिक गतिविधि बढाउने भन्ने बारे गृहकार्य गरिरहेको छ ।केही दिनयता देशका विभिन्न सहरमा लकडाउनको अवज्ञा बढ्दै गएको छ । नेपालमा संक्रमण पनि बढ्दै गएको छ । तर, संक्रमण बढेपछि अब सतर्कता अपनाएर दैनिक जीवनलाई सामान्यिकरण गर्नुको विकल्प नभएको विज्ञहरुको भनाई छ ।भ्याक्सिन निर्माण नभएसम्म कोरोना पूर्ण रुपमा नियन्त्रण नहुने र भ्याक्सिन बन्न कम्तीमा अझै सात महिना लाग्ने भएकाले अब कोरोनासँग जुधेर अघि बढ्नुपर्ने अवस्था छ ।दृष्टिबाट File photo



प्रतिक्रिया दिनुहोस्