Logo

भारतीय रक्षा सचिव कोरोनाबाट संक्रमित, मन्त्री राजनाथपनि कार्यालय जान छाडे



काठमाडौं,, २२ जेठ । भारतीय रक्षामन्त्री राजनाथ सिंह कार्यालय जान छोडेका छन् । रक्षा सचिव अजयकुमारलाई कोरोनाको संक्रमण भएपछि मन्त्री सिंह कार्यालय जान छाडेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सचिव अजयकुमारलाई कोरोनाको संक्रमण देखिएको खबर द हिन्दूलेपनि छापेको छ । मन्त्री सिंहलगायत अन्य अधिकारीहरु जो जो सम्पर्कमा थिए उनीहरु आईसोलेशनमा बस्न लागेका हुन् । भारतीय रक्षा मन्त्रालय प्रवक्ता भारतभुषण बाबुले भने यस विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेका छन्। file photo



प्रतिक्रिया दिनुहोस्