Logo

हामी देश र प्रदेशको फरक सिमालाई एउटै बास्केटमा राखेर हेर्दैनौं : कांग्रेस



काठमाडौं, २२ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नक्साको पक्षमा एक ढिक्का मतदानले राष्ट्रिय एकता मजबुत हुने बताएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नक्साको पक्षमा एक ढिक्का मतदानले राष्टिय एकता मजबुद हुने र यसमा यसमा दायाँ-बायाँ / किन्तु-परन्तुलाई ठाउँ हुन्न नहुने स्प्ष्ट पारेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत शर्माले यस्तो जनाएका हुन् ।

उनले थप भनेका छन्,’नक्साको पक्षमा एक ढिक्का मतदानले राष्ट्रिय एकता मजबुत हुनेछ l यसमा दायाँ-बायाँ / किन्तु-परन्तुलाई ठाउँ हुन्न l संशोधनका अन्य प्रस्ताव ब्यक्ती या दलका स्वभाविक हक हुन् l कांग्रेस मध्यमार्गी थियो / रहन्छ l हामी देश र प्रदेशको फरक सिमालाई एउटै बास्केटमा राखेर हेर्दैनौं l जय नेपाल !’



प्रतिक्रिया दिनुहोस्