Logo

३३४ कोरोना भाइरसका संक्रमित थपिए



काठमाडौं, २२ जेठ । नेपालमा कोरोना भाइरसका ३३४ संक्रमित थपिएका छन् । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमितको संख्या अहिलेसम्मकै सबैभन्दा बढी थपिएको जानकारी दिएका हुन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कुल संक्रमित संख्या २६३४ पुगेको जानकारी दिएका हुन् । हिजो संक्रमित संख्या २३ सय पुगेको थियो । वैशाखभर २ सय संक्रमित थपिएकोमा जेठ महिनाको २२ दिनमा २ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।

संक्रमण फैलदै गएपछि जोखिम बढेको छ । तर, सरकारमाथि लकडाउन खोल्न दबाब बढेको छ ।



प्रतिक्रिया दिनुहोस्