Logo

कोरोना भाइरसबाट थप एकजनाको मृत्यु, कुल मृतक संख्या १० पुग्यो



काठमाडौं, २२ जेठ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाल्पाका पुरुषको २० जेठमा मृत्यु भएकोमा स्वाब संकलनका क्रममा संक्रमण पत्ता लागेको जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मृतक पुरुष पाँच दिन अघि भारतबाट आएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको थियो ।

आज मृत्यु पुष्टि भएकासमेत गरी संक्रमणबाट कुल मृतकको संख्या १० पुगेको छ । यसअघि ९ जना संक्रमणबाट मृत्यु भएका थिए ।



प्रतिक्रिया दिनुहोस्