Logo

केपी ओलीले कालापानी फिर्ता गरे आजीवन ओलीको जुत्ता पालिस गरेर बस्छु : सिंह (भिडिओसहित)



काठमाडौं, २२ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा सांसद डा. अमरेश कुमार सिंहले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, कालापानी र लिम्पियाधुरालगायत नेपाली भूमि फिर्ता ल्याए आफू आजिवन ओलीको जुत्ता पालिस गरेर बस्ने घोषणा गरेका छन् । आज राति ८ः०० बजे प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम जनता जान्न चाहन्छनमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो घोषणा गरेका हुन् ।

उनले भनेका छन्,’यो कुनै हालतमा फिर्ता आउँदैन् । केपी ओलीले नै चाहेका छैनन् । यो उनको उग्र राष्ट्रवाद हो । यस्तो राष्ट्रवादले केही हुनेवाला छैन् । केपी ओलीभन्दा बढि राष्ट्रवादी म हुँ। बहस गरौं । ओलीलाई बोलाउनुहोस मेरो अघि ।’ उनले केपी ओलीले प्रधानमन्त्री हुनुअघि थाईल्याण्डको बैंककमा भाजपा नेता राममाधवसँग सम्झौता गरेको र उनले हिन्दराष्ट्र नेपाल बनाउँछु भनेर एग्रिमेन्ट गरेको पनि सनसनीपूर्ण आक्षेप लगाएका छन् ।

उनले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अब प्रधानमन्त्री नबन्ने ठोकुवा गरे । उनकाअनुसार र्वतमान ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्ड तीनै जना असफल भैसकेका छन् । ओली, देउवा र दाहालको नेतृत्वमा मुलुक अघि बढ्न नसक्ने सिंहको दाबी छ । सरकारले नक्सासबन्धी अघि बढाएको संविधान संशोधन विद्ययेयकमा आफूहरुले निशर्त मतदान गर्नेपनि विश्वास दिलाए । तर, कांग्रेसले अघि बढाएको गैरसरकारी विद्येयकमा पनि ओलीले मतदान गर्नुपर्ने उनको शर्त छ । उनले भने,’त्यसको ग्यारेन्टी देउवाले पनि दिनुपर्छ ।’

सिंहले नेपालको राजनीतिमा चिनियाँ प्रभाव बढिसकेको र अब विस्तारै उसले नेपालमा प्रभाव जमाउने टिप्पणी गरेका छन् । उनले अब नेपालमा सेना र अदालतको सक्रियता बढ्ने पनि दाबी गरे । उनले भने,’सेना र अदालतको ईन्ट्रेष्टमा नयाँ शक्ति जन्मिन्छ । र, त्यही शक्तिले देशमा शासन चलाउँछ ।’



प्रतिक्रिया दिनुहोस्