Logo

अब लकाउन भनेर बस्दैनौं, उद्दोग व्यवसाय संचालन गर्छौं- किशोर प्रधान, उपाध्यक्ष, नेपाल उद्दोग वाणिज्य महासंघ



काठमाडौं, २२ जेठ । नेपाल उद्दोग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधान अब लकडाउन भनेर बस्न नसकिने बताउँछन् । आजबाट देशभर सबै उद्दोग र व्यवसाय संचालनमा ल्याउन आव्हान गरिएको समेत बताए । यीनै सेरोफेरोमा किशोर प्रधानसँग रेडियो एनआरएनका लागि ऋषि धमलाले गरेको कुराकानीः
उद्योग वाणिज्य महासंघले व्यापारीहरुको लागि केही गर्न सकेन, तपाईंहरु सुतेर बस्नुभयो ?
सुतेर बस्ने त प्रश्नै आउँदैन । नेपाल उद्योग वाणिज्य महासंघ न हिजो सुतेको थियो न आज सुतेको छ न भोलि सुतेर बस्छ । नेपाल उद्योग वाणिज्य महासंघ सुतेर बस्ने हो भने अहिलेसम्म देशको अर्थतन्त्र कहाँ पुगिसक्यो । त्यसैले सुतेर बसेको भन्नलाई उद्योग वाणिज्य महासंघसँग जानकारी लिनुपर्ने हुन्छ ।
उद्योगी, व्यापारी समस्यामा छन्, तपाईंहरु केही बोल्नुहुन्न नि ?
हामीले केही नबोलेको भए उद्योगी व्यापारीहरु समस्या छन् भनेर तपाईंले कसरी थाहा पाउनुभयो ? अहिलेको समस्याका बारेमा नेपाल उद्योग वाणिज्य महासंघ जिल्ला, वस्तुगत सबै सदस्यहरुसँग सहकार्य गरेर समस्याको समाधानतर्पm लागिरहेका छौं । अहिले विश्वमै भयावह भएको बेलामा पनि आइपरेका समस्याको समाधानका उपायहरु खोजिरहेका छौं । देशमा जस्तो संकट पर्दा पनि उद्योगी, व्यवसायीहरुलाई कसरी ब्यालेन्समा ल्याउने भनेर पहिले पनि, अहिले पनि र भोलि पनि कठिबद्ध भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्दछौं । हामी लड्नुपर्ने ठाउँमा लडिपनि रहेका छौं । हाम्रा जायज मागलाई पुरा पनि गराएका छौं । अहिले देखिएका समस्याहरुसँग हामी लड्दैछौं ।
आजदेखि पसल खोलेर लकडाउनको उलंघन हुँदैछ नि ?
उद्योग वाणिज्य महासंघका सदस्यले विराटनगरमा त्यहाँको प्रशासनसँग कोअडिनेटर गरेर पसल खोल्ने निर्णय भइसकेको छ । आज होइन, तीन दिन अगाडिदेखि नै खोलिसकेका छन् । वीरगन्जमा पनि पसल खोल्ने भनिएको छ । काठमाडौंमा पनि पसल खुल्ने प्रक्रियामा छ । नेपालगन्जदेखि सम्पूर्ण नेपालभरि नै पसल खोल्नको लागि हामीले पहल गरिसकेका छौं । पसल खोल्नु अगाडि हामीले उच्चस्तरीय समितिलाई जानकारी पनि गराइसकेका छौं । त्यो समितिले बजार खुलाउका लागि तपाईंहरुलाई सहयोग गर्छौं पनि भनेको छ । हामीले यसरी काम गरिरहँदा तपाईंले केही गरेको छैन भन्नुभयो ।
उद्योगी व्यवसायीहरु मारमा छन् नि ?
हामीले सबै किसिमको व्यवस्थापन गर्दैछौं । तपाईंले भनेको जस्तो गरेर अब गएर कुस्ती नै खुल्नेपर्ने हो कि के हो थाहा छैन मलाई । हामीले नखोल्ने भनेकै छैन । अहिलेको बेलामा उद्योगी, व्यवसायीहरु पनि मर्यादित र व्यवस्थिति हुनुपर्छ । कोरोनाको महामारीबाट जोगिन जोगाउन सचेतना अपनाउनु त्यत्तिकै आवश्यक छ । ठाउँको सम्वेदनशीलतालाई ध्यान दिएर निश्चित मापदण्डहरु अपनाई विस्तारै सबै जिल्लाहरुमा व्यवसाय सञ्चालन गर्न लागिरहेका छौं ।
विराटगरमा आजदेखि खुल्दै छ नि ?
आजदेखि औपचारिक रुपमै खुलेको तपाईंले भन्नुहुँदैछ । अर्को तपाईं बिर्सिनुभयो जस्तो छ, अस्ति उद्योगी, व्यवसायीहरुले पसल खोल्दा त्यत्रो लाठी चार्ज भएको । तपाईंंहरुका सञ्चारमाध्यममा आएका समाचार पनि बिर्सिनुभयो । हामीले देशको कानुन, नियम पनि मान्नुपर्छ । आफ्नो व्यवसायलाई पनि सुचारु गर्नुपर्छ । नेपाल उद्योग वाणिज्य महासंघले उद्योगी, व्यवसायीहरु, देश र जनताको हितमा गर्नुपर्ने कामको न हिजो पछि परेका थियो, न आज पछौंं, न भोलि पर्नेछौं । आवश्यक परेको खण्डमा हामी कुनै पनि कदम चाल्न पछिपर्दैनौं । उच्चस्तरीय समितिलाई भेटेर हामीले कोरोनाको कारणले ९ जना मानिसको ज्यान गयो भने कोरोना रोकथामको लागि लकडाउन गरेको समयमा झन्डै हजार हाराहारी मान्छेले त आत्महत्या गरेका छन् । यति ठूलो संख्याले आत्महत्या गर्नुको कारण नै कोरोनाको त्रासले गरिएको लकडाउन हो । त्यसमा कसैले लगानी कसरी उठाउने भनेर, कसैले बिहानबेलुका खान नपाएर, कसैले अब ऋण कसरी तिर्नु भनेर, कसैले घरव्यवहारको कसरी चलाउने भनेर आत्महत्या गरेको हुनुपर्छ ।
अब तपाईंहरुले लकडाउनको मोडालिटी फेरिनुपर्छ भन्नुभएको छ, सरकारले के भनेको छ त ?
सरकारले क्रमिक रुपमा ४, ५ घण्टा खुकुलो बनाएर तपाईंहरुलाई व्यवसाय सञ्चालन गर्न दिने, एक ठाउँबाट अर्को ठाउँमा जाने मोडालिटी पनि बनाउने र सवारी साधन पनि चलाउन दिनेलगायत मानिसको जनजीवनसँग जोडिएका आवश्यक परेका सबै कुरा सञ्चालन गर्न दिने भनेको छ । त्यसैगरी कर, राजश्व तिर्ने कुरामा कम्तिमा एक डेढ महिनाको अवधि बढाउनुपर्छ भनेका थियौं । तर, त्यो देखिएन १५ दिन मात्रै बढाइएको छ । त्यसको लागि फेरि एकपटक आग्रह गर्दछौैं ।
कर तिर्ने समय दुई साता थपिएको छ, त्यसमा सहमत हुनुहुन्छ ?
उहाँले चाहेको १५ दिन होइन । हामीले सुरुदेखि नै खेलेको मिति कम्तिमा एक महिनाको समय चाहिन्छ भनेका छौं । जस्तो भोलिबाट खुल्छ भने त्यसको महिना दिनसम्म हुनुपर्छ । नेपाल उद्योग वाणिज्य महासंघले असार मसान्तसम्मको समय चाहिन्छ भनेर पहिला नै मागेको थियो । तर, उहाँहरुले हामी समय थप्छौं चिन्ता नगर्नुहोस् आजै जानकारी हुन्छ भन्नुभयो । त्यहाँ यति दिन थप्छौं, उतिदिन थप्छौं केही पनि भन्नुभएन । हामी सचिवज्यूलाई भेट्न गएका थियौं । तर, उहाँहरुले यति दिन थप्ने भनेर स्पष्ट भन्नुभएन । अझै साथीहरुलाई समय चाहिन्छ भने फेरि थप्ने प्रयास गर्दछौं । अब आजदेखि सबै पसलहरु खुल्यो भने त्यसको पनि जानकारी गराएर कसरी यसलाई सुरक्षित र व्यवस्थित गर्न सकिन्छ भनेर अर्थमन्त्रालयमार्पmत हामीले सहमति गराउने हो । सहमति भएन भने अर्को स्टेप के हुन्छ भनेर जानकारी लिएर अगाडि बढ्छौं ।
त्यसोभए आजबाट देशका सबै उद्दोग, धन्दा, पसलहरु खुल्छन् ?
खुल्छ, शतप्रतिशत खुल्छ । अब आजबाट हामीहरु विस्तार, विस्तार खुल्छ । बजार खुलाउनुका साथै सबै ठाउँबाट सरकारलाई सहयोग गर्ने पनि हामीले आशा लिएका छौं । यसबाट समस्या आयो भने उद्योग वाणिज्य महासंघमार्फत हामी जवाफ पनि दिन्छौं भनेका छौं । यसको बारेमा हिजो उच्चस्तरीय समितिको बैठक बसेको छ भन्ने सुनेका छौं । के निर्णय भयो त्यसको आधिकारिक जानकारी पाइएको छैन ।-File Photo 



प्रतिक्रिया दिनुहोस्