Logo

चीनको एक विद्यालयमा चक्कु आक्रमण, ३९ जना घाइते



एजेन्सी २२ जेठ : चीनको एक विद्यालयमा विद्यार्थीहरुमाथि चक्कु आक्रमण भएको छ। उक्त आक्रमणमा ३९ जना घाइते भएका छन्। चीनको ग्वांग्जी क्षेत्रको वुज्व शहरस्थित एक केन्द्रिय प्राइमेरी विद्यालयमा भएको सो आक्रमणमा ३७ विद्यार्थी सहित दुई कर्मचारीहरु घाइते भएका हुन्।

आक्रमण गर्ने व्यक्ति उक्त विद्यालयका ५० वर्षिय सुरक्षा गार्ड रहेको अन्तराष्ट्रिय संचारमाध्यमले उल्लेख गरेको छ । उनलाई हाल प्रहरी हिरासतमा राखिएको छ । बिहीबार बिहान भएकाे आक्रमण पश्चात घाइते विद्यार्थी तथा कर्मचारीहरुलाई अस्पताल लगिएको छ।

आक्रमणमा विद्यालयका प्रिन्सिपल तथा अन्य सुरक्षा गार्ड समेत परेकाे जनाइएको छ। उनीहरुमध्ये केहि गम्भिर घाइते भएका छन् र हाल अस्पतालमा उपचाररत छन्। Photo Source : Press TV



प्रतिक्रिया दिनुहोस्