Logo

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पामाथि कारबाही होला ?



गणेश थापाः तराई समुदायप्रति राष्ट्रियताको कमी छ नेपाली सेनासग मिलेर राष्ट्रियगान सिकाउने र नेपालको चर्चा गर्ने अत्यन्त गैरजिम्मेवार एवंम विवादस्पद अभिव्यक्ति दिने एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा लाइ पनि एन्फाको विधानको धारा 3 को 2 अनुसार कारबाही होला ? यही धारा लगाएर ललितपुर जिल्ला फुटबल संघका अध्यक्षलाई कारबाही भयो।

2 फिफा द्वारा संचालित project माननिय खेलकुद मन्त्रीज्यको चुनाबि क्षेत्र मा आज 19 गते बस्ने एन्फाको बैठकबाट करिब 17 करोड पुरस्कारस्वरुप निर्णय हुने सम्भावना छ। यस्ता किसिमका कुनैपनि महत्त्वपूर्ण project मा सबै जिल्लाहरुले जानकारी एवंम् आफ्नो दाबी प्रस्तुत गर्न पाउनु पर्दछ। त्यसमा यदि औचित्य र आवश्यकताको आधारमा कुनैपनि जिल्ला छनौट भएमा कसैलाई आपत्ति हुने छैन। हिजोका दिनमा पनि goal project बनाउने क्रममा महासचिव को अध्यक्षतामा समिति बनाई दाबी गर्ने जिल्लाहरुमा स्थलगत भ्रमण भई समितिको सिफारिसमा औचित्य र आवश्यकताको आधारमा ANFA कार्यसमितिले छनौट गरिएको थियो। मेरो दाजु कमल थापा को राजनीतिक क्षेत्र मकवानपुर जिल्ला छनोट नभई बुटवल, धरान तथा ललितपुरको च्यासल मा बनाउने निर्णय भएको थियो। यसपटक जिल्लाहरुले दाबी गर्ने अवसर प्राप्त मात्र होइन थाहा पनि पाएका छैनन्। जिल्लाहरुले निर्णय सुन्ने अवसर चाहिँ पक्कै पनि प्राप्त गर्नेछन्।

3 ललितपुर जिल्ला फुटबल संघ का अध्यक्ष पुरुषोत्तम थापालाई अवैधानिकरुपमा र पुर्वाग्रही ढंगले गरेको कारवाही पनि फिर्ता गर्नुपर्छ र अवैधानिक आदेश दिने व्यक्तिलाई पनि सजाय हुनु पर्दछ ।

4 विधानमा व्यवस्था नगरिएको तर कार्यसमितिको अधिकारमा राखी मनोनीत गरिएका सम्पूर्ण नियुक्तिहरू विधान विपरित रहेको छ। विधानमा व्यवस्था नगरेका कुराहरु कार्यसमितिको अधिकारमा राख्नु पूर्णरूपमा अवैधानिक कार्य हो। कुनैपनि कानुन व्यवसायीलाई सोधेमा प्रष्ट हुनेछ।-एन्फाका पूर्व अध्यक्षथापाको फेसबुकबाट


प्रतिक्रिया दिनुहोस्