Logo

दुर्घटनामा दुई जनाको मृत्यु



काठमाडौं, २२ जेठ । सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । दैलेख, गुँरास गाउँपालिका घोडाबासमा ना.५ ख १६८५ नम्बरको बस सडकबाट करिब ३ सय मिटर तल खसेर बुधबार साँझ दुर्घटना हुँदा चालक कल्याण सिंह बोहराको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका सहचालक सोही ठाउँका जयराज अवस्थीलाई उपचारको लागि सुर्खेततर्फ पठाएको छ ।

त्यस्तै दाङ घोराही उपमहानगरपालिका मसोटस्थित सडकमा टिबी ०५ डब्लु ७७३३ नम्बरको भारतीय नम्बर प्लेटको ट्रकले रा.४ प ४१६६ नम्बरको मोटरसाइकललाई बुधबार साँझ ठक्कर दिंदा दुबै सवारी साधन बाटोबाट करिब १५ मिटर तल खसी दुर्घटना हुँदा ट्रक चालक भलदेव सिंहको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जना र ट्रकका सहचालकलाई उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीतर्फ पठाएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्