Logo

दाजुको हत्या गर्ने पक्राउ



रुपन्देही, २२ जेठ । कुटपिट गरी आफ्नै दाजुको हत्या गरेको अभियोगमा शिवचन्द केवटलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । कुटपिटबाट आफ्नै दाजुको हत्या गरेको अभियोगमा गैडहवा गाउँपालिका पडौराका केवटलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

शिवचन्दले मादक पदार्थ सेवन गरी सामान्य विवादमा बाँसको चिर्पटले दाजु २५ वर्षीय जवाहिर केवटलाई टाउकोमा हान्दा गम्भीर घाइते भएका थिए । तत्काल उपचारको लागि लोण्डिया स्वास्थ्य क्लिनिक लगेकोमा थप उपचारको लागि सुविधा सम्पन्न अस्पतालतर्फ लैजान क्लिनीकले सुझाव दिएपछि फर्काएर लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको थियो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्