Logo

गाँजासहित चार जना पक्राउ



रौतहट, २२ जेठ । अवैध लागूऔषध गाँजा सहित चार जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । देवाही गोनाही नगरपालिका गोनाही चोकबाट करिब २० किलो लागूऔषध गाँजा सहित ४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मकवानपुर हेटौंडा उपनगरपालिका थानाभ¥याङका निरज लामा, कैलास गाउँपालिका कुमलटार बिसाल लामा, हेटौंडा उपमहानगरपालिका पदम पोखरीका सागर लामा र अंकित लामा रहेका छन् ।

ईलाका प्रहरी कार्यालय देवाही गोनाही रौतहटबाट खटिएको प्रहरीले मौलापुरबाट जयनगरतर्फ जाँदै गरेको बा.६४ प ९३०७ र ना.४५ प ६३९८ नम्बरको मोटरसाइकललाई जाँच गर्दा मोटरसाइकलमा सवार उनीहरु ४ जनाको साथमा ४ वटा झोलामा रहेको उक्त लागूऔषध गाँजा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्