Logo

कोरोनाबाट बच्न के खाने के नखाने



अमेरीका र युरोपका मानिसहरु ५ देखि १० प्रतिशतलाई कोरोना सरिसकेको बताइएको छ । कोरोना लागिसकेकालाई कसैलाई सामान्य रुघाखोकी लाग्छ भने कसैलाई लक्षण नै देखिदैन । हामी कोरोना संक्रमितको सामिप्यतामा गयौ भने कोरोना लाग्ने सम्भावना धेरै हुन्छ । कोरोना लागिहालेमा कसैलाई एक दुई दिनमा नै निको हुन्छ भने कसैलाई भेन्टिलेटर राख्दा पनि मृत्यु हुने गर्छ । अमेरीका र युरोपमा प्याकिङ गरिएका खानेकुरा धेरै खाने हुनाले कोरोनाको संक्रमित बढी भएको अनुमान गरिएको छ ।

त्यसकारण हामीले खानेकुराले केही हदसम्म सम्भावना टर्नसक्ने भएकाले खानेकुरामा ध्यान दिन आवश्यक छ । शरीरको प्रतिरक्षा प्रणाली मजबुद बनाई संक्रमण हुनबाट रोक्नुपर्छ ।

प्रतिरक्षा प्रणाली बलियो बनाउन खानुपर्ने चीजहरु

  • दिनको एउटा कागती
  • चीयाको सट्टा बेसार पानी
  • च्याख्ला वा मकैको रोटी वा ढिडो
  • खस्रो वा कलका एकसुरो कुटेको चामलको भात
  • केमीकल नहालिएको ताजा तरकारी
  • हरियो खुर्सानी
  • लसुन
  • ब्रोकाउली
  • अदुवा
  • पालुंगो
  • दहि
  • ग्रीन टि

खान नहुने चीजहरु

  • कोक, पेप्सी
  • तयारी खाना जस्तो चाउचाउ, बिदेशबाट प्याक गरेर ल्याएका मासु र कुनै पनि प्याकेटका तयारी खानाहरु
  • चिनी बढी भएका पेय पद्धार्थ मिठाई वा अन्य खाना
  • मैदाको रोटी वा प्रसोधित चामलको भात


प्रतिक्रिया दिनुहोस्