Logo

अनमोल र सुहाना राधाकृष्ण मन्दिरमा



काठमाडौ, २२ जेठ । नेपाली चलचित्रका लोकप्रिय अभिनेता अनमोल केसी र नायिका सुहाना थापाले राधाकृष्ण मन्दिरमा निर्जला एकादशी मनाएका छन् । हिन्दु धर्मअनुसार उक्त दिनमा निर्जल व्रत (पानी नपिएरै) बसेर भगवान विष्णुको आराधना गर्नु निकै महत्वपुर्ण मानिन्छ ।

कलाकार द्धय अनमोल र सुहानाले बुढानिलकण्ठको राधाकृष्ण मन्दिरमा निर्जला एकादशीको अवसरमा भजन किर्तन गरी जमिन पनि खनेका छन् । अनमोलले माछा मासु छाडेर भगवान कृष्णका भक्त भएका छन् । ‘ए मेरो हजुर ३’ चलचित्रमा अभिनय गरेसंगै यी दुई कलाकार प्रेम सम्बन्धमा रहेका छन् । नायिका झरना थापाले निर्देशन गरेको उक्त फिल्म २०७६ मा सफल फिल्मको सुचीमा पर्न सफल भयो । अब बन्ने फिल्म ‘ए मेरो हजुर ४’ मा पनि यो जोडीले अभिनय गर्नेछन् । अनमोलले आज सामाजिक सञ्जालमा आफु र सुहानासहितको भिडियो सार्वजनिक गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्