Logo

अहिलेसम्म १४ स्वास्थ्यकर्मी कोरोना संक्रमित



काठमाडौ, २२ जेठ । नेपालमा कोरोना भाइरसको संक्रमण रोकथामका लागि कार्यक्षेत्रमा खटिएका स्वास्थ्यकर्मी धमाधम संक्रमित हुनथालेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म १४ स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन् ।

आज नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाले डाक्टर र नर्ससहित कुल १४ जना संक्रमित भइसकेको जानकारी दिए । जसमध्ये उपत्यकाभित्र र बाहिरका छन् । काठमाडौं मेडिकल कलेजका ४ जना संक्रमित भइसकेको तथ्यांक छ ।

आजम्म कोरोना भाइरसका संक्रमित सख्या २ हजार ६ सय ३४ पुगेको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार आज ३३४ थपिएसँगै कुल संक्रमितको सख्या २ हजार ६ सय ३४ पुगेको हो ।



प्रतिक्रिया दिनुहोस्