Logo

सिमामा बेलुन उडाएपछि उत्तर र दक्षिण कोरियाबीच सम्झौता रद्द हुने खतरा



एजेन्सी, २२ जेठ । उत्तर र दक्षिण कोरिया बीचको सैन्य सम्झौता र सीमामा रहेको कार्यलय समेत बन्द हुने खतरा देखिएको छ । दक्षिण कोरियाली समाजसेवकहरुले सीमामा बेलुनमा उत्तर कोरिया विरुद्वको पर्चा उडाएकोमा दक्षिण कोरियासितको सम्झौता रद्द हुन सक्ने खतरा देखिएका हो । उत्तर कोरियाली नेता किम जोङकी बहिनी किम यो जोङले आक्रामक कदम चालेकी हुन् । सीमामा उक्त गतिविधि तत्काल बन्द नगरे दूवै देशबीचको सम्झौता रद्द हुने चेतावनी उनले दिएकी हुन् ।

चेतावनी पछि दक्षिण कोरियाली एकीकरण मन्त्रालयले बिहिबार सीमामा क्षेत्रमा गरिएको गतिविधिलाई रोक लगाउन नयाँ नियमको व्यवस्ता गर्न प्रभावकारी कदम चालेको जनाएको छ । विगत वर्ष देखि उत्तर कोरियाले आणविक महात्वाकांक्षा र मानव अधिकारको उल्लंघन गरेको आरोप भोगिरहेकोमा दक्षिण कोरियाली समाजीक एक्टीभिस्टहरुले अलोचनाको क्रममा यस्तो गतिविधि गरिरहेको सार्वजनीक भएको छ । उक्त क्षेत्रमा पाँच लाख बलुन मार्फत किम जोङ र उत्तर कोरियाको अलोचना भएको छ ।

यसकारण दक्षिण कोरियाले यसको टूलो मूल्य चुकाउन पर्ने समेत उत्तर कोरियाले दिएको छ । बलुनमार्फत उत्तर कोरियाको मजाक उडिरहेको जनाइएको छ । यसै सन्दर्भमा किमकी बहिनी अक्रोषित भई सैन्य सम्झौता खतरामा रहेको जनाएकी छिन् । यस्ता गतिविधिले दूवै देशबीचको सम्झौताले कुनै मतलब नराखेको कारण उक्त सम्झौता रद्द हुन सक्ने संकेत दिएकी हुन् । उक्त गलत गतिविधिले रहेका सम्पूर्ण सम्झौतालाई समेत हसर पर्ने किमले जनाएका छन् । दक्षिण कोरियाले छिट्टै यस्ता गतिविधिलाइृ रोक्न पर्ने र अनुसन्धान गर्नु पर्ने सकेत जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्