Logo

भारतीय प्रसिद्ध लेखक तथा चलचित्र निर्माता बासु चटर्जीको निधन



नयाँ दिल्ली, २२ जेठ । भारतीय चलचित्र निर्माता, लेखक तथा निर्देशक बासु चटर्जीको निधन भएको छ । ९३ बर्षको उमेरमा उनको आज निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । पिया का घर, उस पार, रजनीगन्धा, छोटी सी बात, चितचोर जस्ता सय भन्दा बढी उत्कृष्ट चलचित्रको निर्देशन गरेका थिए ।

चटर्जीले सात पटक फिल्म फेयर अवार्ड तथा एक पटक राष्ट्रिय चलचित्र पुरस्कार समेत जितेका थिए । ८० को दशकमा टेलिभिजनको प्रस्तोता समेत रहेका उनको निधन प्रति भारतीय चलचित्रकर्मीहरुले दुख व्यक्त गरेका छन् । उनको आजै मुम्बइर्ममा दाहसंस्कार गरिएको छ । (एजेन्सी)

Photo Source: बलिउडसाईड



प्रतिक्रिया दिनुहोस्