Logo

हरिप्रिया फाउण्डेशनद्वारा सौन्दर्य सामाग्रीको राहत वितरण (फोटोफिचर)



काठमाडौं, २२ जेठ । हरिप्रिया (प्रकाश) फाउन्डेशनबाट ११ सय नागरिकलाई निःशुल्क सौन्दर्य सामाग्री राहत वितरण गरिएको छ । सामाजिक अभियन्ता क्षितिज भण्डारीले आज अनामनगर र घट्टेकुलो चौकमा ६ सय जनालाई सौन्दर्य सामाग्री वितरण गरेका हुन् ।

भण्डारीकाअनुसार १० हजार नागरिकलाई लाखौंको राहत बाँडन सस्थाले कुनै पनि चन्दा र आर्थिक संकलन नलिई आमा स्वर्गीय हरिप्रिया भण्डारीको स्मृतिमा हरेक बर्ष २० लाख बाराबरको सहयोग वितरण गर्दै आएको जानकारी दिए । लामो समय नेपाल महिला संघको केन्द्रमा नेतृत्व गरेकी स्वर्गीय भण्डारी नेपाली कांग्रेसको महासमिति सदस्य हुँदै समानुपातिक सांसदको लागि सिफारिश भएकी थिईन् ।

सामाजिक अभिन्ता युवानेता भण्डारीको अनुसार सौन्दर्य सामाग्रीको कार्यक्रममा हिमालयको फेसवास, लिरिल नुहाउने साबुन, नवरत्न तेल, बजाज को तेल, सनसिल्क सैम्फु, मास्क, सेनेटाईजर, मोबाइल रिचार्ज कार्ड, एन-९५ मास्क र पन्जा ११ सय नागरिकलाई वितरण गरिएको बताए ।

भण्डारीकाअनुसार झण्डै ७ लाखको खाद्यान्न र नगद सहयोग वितरणपछि नागरिकमा कोरोनाको मनोबैज्ञानिक त्रास हटाउन मन र शरिरको सुन्दरतालाई निरोगी हुँदै मन्जनदेखि नुहाउने साबुन, सैम्पु, फेसवास, तेल, क्रीम र ब्लेड ९रेजर आदि सौर्न्दर्य सामग्री नै चाहिने हुनाले आत्मबिश्वास बढाउदै लक डाउन र आर्थिक बिपत्तिमा यी सामाग्री बितरण गरिएको बताउँछन ।

सोही वार्डका प्रतिनिधि सुशीला ढकालकाअनुसार यो कार्यक्रममा हुनेखानेले मात्र होईन आम नागरिक र उपत्यकामा देशको विभिन्न जिल्लाबाट शिक्षा र रोजगारीको लागि आएका तरुण विद्यार्थीहरुको सरसफाई र सुन्दरताको अधिकार रक्षा अनुहारमा खुसीको मुस्कान ल्याउन फरक खाले सौन्दर्य सामाग्री बितरण गरेकोमा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह र दीपेन्द्र श्रेष्ठले शुभकामना पठाएका थिए ।

त्रिबेणि युवा क्लबका अध्यक्ष विन्देश खनाल र सचिव ज्ञानबहादुर श्रेष्ठकोबाट प्याकेटमा पौष्टिक खाना समेत सामाजिक दूरिसहित ११ सय जनालाई बितरण गरिएको महनगरपालिका प्रतिनिधि अर्जुन श्रेष्ठले बताए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्