Logo

स्वास्थ्य मन्त्रालयद्वारा छ विशिष्ट श्रेणीका कर्मचारीको जिम्मेवारी हेरफेर



काठमाडौँ, २२ जेठ  : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ औँ र ११ औ तह (सहसचिव स्तर)का ६ कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयका प्रशासन महाशाखा प्रमुख रघुराम विष्टले कोभिड –१९ का सन्दर्भमा गर्नुपर्ने कतिपय कामलाई ध्यानमा राखी उहाँहरुको जिम्मेवार हेरफेर गरिएको बताउनुभयो ।

उहाँका अनुसार स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठलाई मन्त्रालयमा पठाइएको छ । श्रेष्ठले मन्त्रालयमा रहेर कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)को जिम्मेवारी वहन गर्नुभएको छ । यस्तै स्वास्थ्य विभागका महानिर्देशकमा डा दीपेन्द्ररमण सिंहलाई पठाइएको छ ।

यसैगरी एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा रमेश खरेललाई विभागको व्यवस्थापन महाशाखाको निर्देशकको जिम्मेवारी दिइएको छ । व्यवस्थापन महाशाखाका निर्देशक डा भोगेन्द्रराज डोटेललाई मन्त्रालयमा तानिएको छ । यसैगरी परोपकार प्रसूति गृहका निर्देशक डा जागेश्वर गौतमलाई पनि मन्त्रालय तानिएको छ । प्रसूतिगृहमा कोशी अञ्चल अस्पतालका निर्देशक संगीता मिश्रलाई पठाइएको छ । रासस File Photo



प्रतिक्रिया दिनुहोस्