Logo

कोरोना बीमा रोक्न बीमा समितिको निर्देशन



काठमाडौं, २२ जेठ । बीमा समितिले कोरोना बीमा रोक्न निर्जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । बिहीबार बीमा समिति र नेपाल बीमक संघबीच भएको छलफल पछि हालको लागि कोरोना बीमा रोक्न समितिले निर्देशन दिएको हो ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बीमक संघले दायित्व वहन गर्न गाह्रो हुने भन्दै बीमा समितिसंग आज बिहीबार छलफल गरेको थियो । छलफलमा समिति र संघबीच तत्कालको लागि कोरोना बीमा स्थिगित गर्ने निर्णय भएको थियो ।

बीमा समितिको निर्देशनसंगै अब भोलि जेठ २३ गतेबाट कोरोना बीमा औपचारिक रुपमा बन्द भएको हुनेछ ।

सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारी कर्मचारीहरुको निशुल्क कोरोना बीमा गर्ने र सामुहिक बीमा गर्दा लाग्ने बीमाशुल्कमा ५० प्रतिशत अनुदान व्यवस्था गरेको छ । त्यसले गर्दा दोहोरो बीमा हुने संभावना भएकोल र हाल सम्म बिक्री भएको बीमाको दायित्व अधिक भउकोले पुनर्बीमा समेत गर्नुपर्ने भएपछि तत्कालको लागि कोरोना बीमा स्थगित गरेको समितिले जनाएको छ ।

यस्तै हालसम्म सहभागि भएका बीमितहरुको जोखिम सुरक्षण भने रहेको समितिले जनाएको छ ।-मेरो लगानीबा



प्रतिक्रिया दिनुहोस्