Logo

संविधानमा पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित : परराष्ट्र



काठमाडौँ, २३ जेठ । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्तले २०२० जुन ३ मा कोरोना भाइरस रोग (कोभिड–१९) को सङ्क्रमणलाई जोेडेर अभिव्यक्ति स्वतन्त्रताको सम्बन्धमा जारी गरेको विज्ञप्तिप्रति नेपाल सरकारको ध्यानाकर्षण भएको जनाएको छ ।

सो विज्ञप्तिमा नेपालको अभिव्यक्ति स्वतन्त्रतामा प्रतिकूल प्रभावबारे उल्लेख गरिएको थियो । यस सन्दर्भमा नेपालमा प्रेस स्वतन्त्रताको सही तथ्य र वास्तविकता त्यस वक्तव्यमा उल्लेख भए जस्तो प्रतिविम्बित नभएको नेपाल सरकारले जनाएको छ । सरकारका तर्फबाट बिहीबार वक्तव्य जारी गर्दै परराष्ट्र मन्त्रालयले नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित गरेको बताएको छ ।

कुनै पनि प्रकारको उल्लङ्घनविरुद्ध प्रभावकारी न्यायिक उपचार सुनिश्चित गरेको समेत प्रस्ट पारिएको छ । विज्ञप्तिमा ‘नेपाल सरकार संविधानको आधारभूत अधिकार र स्वतन्त्रताको रक्षा गर्न पूर्ण प्रतिबद्ध छ । सरकारको काम भूमि र देशको कानुनद्वारा निर्देशित छ’ भनिएको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्