Logo

कोरोना महामारीमा अर्बपतिको सम्पत्ति आकाशियो



विश्वभर कोरोना भाइरसको महामारीले आर्थिक संकट बढिरहेको छ । मानिसहरु आर्थिक अभावले भोक रोगसँगै मानसिक रुपमा विचलित हुन थालेका छन् । धेरै देशमा आत्महत्याको घटना बढ्न थालेको छ । विश्वभर आर्थिक संकट परिरहेको भनिएपनि अर्बपतिहरुको सम्पत्ति भने आकाशिएको छ । यो सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ ।

अमेरिकामा अर्बपतिहरुको सम्पत्ति महामारीको समयमा झन् बढेको छ । इन्स्टिच्युट अफल पोलिसी स्टडिजले सार्वजनिक गरेको प्रतिवेदनमा १८ मार्च देखिको डेढ महिना अवधिमा अमेरिकी अर्बपतिहरुको सम्पत्ति ५ खर्ब ६५ अर्ब डलरले बढेको छ । महामारी शुरु भएपछिको अवधिमा १९ प्रतिशतले सम्पत्ति बढेको हो ।

रिपोर्ट अनुसार अब अमेरिकी अर्बपतिको कुल सम्पत्ति ३५ खर्ब डलर पुगेको छ । विश्वकै धनी अमेजनका मालिक जेफ बोजोसको सम्पत्ति मात्र ३६ अर्ब २० करोड डलर पुगेको छ । अमेरिकामा ४ करोड ३० लाख मानिस बेरोजगार भई भत्ताका लागि आवेदन दिइरहँदा अर्बपतिहरुको सम्पत्ति भने आकाशिएको छ ।

अब अमेरिकामा बेरोजगारी झन बढ्ने आँकलन गरिएको छ । कम आर्जन भएकाहरु मारमा पर्नेछन् । यसरी धनाढ्यहरुले महामारीलाई सम्पत्ति बढाउने अवसर बनाउन सकेका छन् ।- एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्