Logo

स्थानीय तहको बजेट : पालिकामै सीप, पालिकामै रोजगार



काठमाडौँ, २३ जेठ । स्थानीय तहले निर्माण गर्ने बजेटमा स्थानीय नागरिकको धेरै चासो हुन्छ ।

आफ्नै टोल, बस्ती र गाउँमा बन्ने सडक, खानेपानी, सिँचाइ र रोजगारी सिर्जना गर्ने लगायतका क्षेत्रमा स्थानीय सरकारको बजेट प्राथमिकतामा पार्न पनि चासो बढेको हो । नयाँ आर्थिक वर्षको स्थानीय तहको बजेटमा स्वदेशमा मात्र नभई विदेश गएका नेपाली नागरिकलाई समेत चासो छ ।

कोरोना भाइरस रोग (कोभिड–१९)का कारण विदेशमा रोजगारी गुमाएका करिब १० लाख नागरिक स्वदेश फर्काउने सरकारको तयारीसँगै स्थानीय बजेट प्रभावकारी हुनुपर्ने जानकार व्यक्तिको सुझाव छ । स्थानीय तहले निर्माण गर्ने यस वर्षको बजेटमा कोरोना भाइरस रोकथाम, नियन्त्रण र व्यवस्थापकीय कार्यमा बढी खर्च गर्नुपर्ने हुँदा स्थानीय स्तरको रोजगारी सिर्जना गर्नमै ठूलो बजेट केन्द्रित गर्नुपर्ने विज्ञको सुझाव छ ।

जेठ १५ गते सङ्घीय सरकार, असार १ गते प्रदेश सरकार र असार १० गतेभित्र सबै स्थानीय सरकारले आगामी वर्षको नीति, कार्यक्रम र बजेट आफ्नो सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । अहिले सबै स्थानीय तहमा आगामी वर्षको नीति, कार्यक्रम र बजेट निर्माणको तयारी तीव्र भइरहेको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्