Logo

यी अर्बपतिको एकै रातमा डेढ खर्ब रुपैयाँ गुम्यो



एजेन्सी, २३ जेठ । एक रातमा लाख या करोड गुमेको त थाहा होला तर खर्ब रुपैयाँ गुमेको सुन्दा आश्चर्य लाग्नसक्छ । तर, रुसमा एकजना उद्दोगपतिले एकै रातमा झण्डै दुई खर्ब रुपैयाँ गुमाएका छन् ।

भ्लादिमिर पोटानिनले ४ जुनमा डेढ खर्ब डलर गुमाएका हुन् । नोरिलस्क निकल नामका कम्पनिका मालिक उनले सम्पत्ति गुमाउनुको कारण तेल चुहावट हुनु हो । नोरिलस्क थर्मर पावर प्लान्टमा भएको दुर्घटनापछि उनको शेयर घटेर सम्पत्ति गुमेको हो ।

फोर्बसका अनुसार पोटानिनको सम्पत्ति ४ जुनको विहानसम्म २५ अर्ब डलर थियो । तर, उनको सम्पत्ति डेढ अर्ब गुम्यो । उनी एकै दिनमा सबैभन्दा बढी सम्पत्ति गुमाउने सुचीमा परेका छन् । तथापि फोर्बसको सुचीमा उनी रुसका सबैभन्दा धनाढ्य नै छन् ।

चिनियाँ व्यापारी किन इनलिनले साँढे ७ अर्ब र मार्क जुकनवर्गले झण्डै एक अर्ब डलर गुमाएका छन् ।



प्रतिक्रिया दिनुहोस्