Logo

टेलिकमले निःशुल्क सिम वितरण गर्ने



काठमाडौँ, २३ जेठ । नेपाल सरकारले भारतबाट स्वदेश फर्कने नागरिकका लागि व्यवस्था गर्ने विभिन्न २० वटा आवागमन स्थल (नाका) तथा हवाई मार्गबाट स्वदेश फर्कने नेपाली नागरिकलाई निःशुल्क सिम उपलब्ध गराउने भएको छ ।

यसका लागि कम्पनीले तत्काल एक लाख सिमकार्डको व्यवस्था पनि गरिसकेको नेपाल टेलिकमको विज्ञप्तिमा उल्लेख गरेको छ । यसरी सिम प्राप्त गर्नका लागि नागरिकता, राहदानी, सवारीचालक अनुमतिपत्र, ट्राभल डकुमेन्ट वा परिचय झल्कने अन्य कागजात उपलब्ध गराउनुपर्ने छ ।

स्वदेश प्रवेश गर्ने नागरिकसँग कुनै परिचयपत्र उपलब्ध नभएको अवस्थामा उनीहरूका आफन्त तथा निकटका व्यक्तिको परिचयपत्रबाट पनि सिम उपलब्ध गराउन सकिने बताइएको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्