Logo

सोलारबाट १.२५ मेगावाट विद्युत् थप



काठमाडौँ, २३ जेठ । नुवाकोटको देवीघाटमा बनाइएको ठूलो आकारको सौर्य आयोजनाबाट १.२५ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिएको छ ।

हिउँदको समयमा हुने विद्यु्त् कमीका बेला उपयोग हुने गरी विद्युत् सम्मिश्रण सन्तुलनका लागि यो आयोजना सुरु गरिएको हो । यो आयोजनाको कुल क्षमता २५ मेगावाट रहेको छ । आयोजनाबाट उत्पादित विद्युत् देवीघाट विद्युत्गृहको सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ ।

प्राधिकरणको स्वामित्वमा रहेको देवीघाट विद्युत् केन्द्रकोे जग्गामा राखिएको सोलार प्यानलमार्फत दिउँसो उत्पादित विद्युत् सोझै राष्ट्रिय प्रसारणमा जोडिएको हो । ब्याट्री नराखिएकाले घाम लागेको समयमा मात्रै सोलार प्लान्टबाट विद्युत् उत्पादन हुनेछ ।

२५ मेगावाट जडित क्षमताको ग्रिडमा आबद्ध यो नेपालकै सबैभन्दा ठूलो सोलार आयोजना हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार यो आयोजनाबाट आगामी मध्यसाउनसम्म १० मेगावाट विद्युत् ग्रिडमा जोडिने छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्