Logo

कोरोनाबाट मृत्यु हुने को संख्या ११ पुग्‍यो, कणाली प्रदेशमा कोरोनाबाट दोस्रो मृत्यु



काठमाडौं, जेठ २३। १४ दिन क्वारेन्टाइनमा बसेर फर्किए लगत्तै मृत्यु भएका युवामा कोरोना पोजेटिभ नेदिएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर १ मा रहेको विद्यापुर जनता माविको क्वारेन्टाइनमा १४ दिन बसेर बुधबार घर फर्किएका २० वर्षीय ती युवकले घर पुग्ने वित्तिकै ज्यान गुमाएका थिए ।

बिहिबार उनको स्वाब संकलन गरी सुर्खेतमा रहेको प्रयोगशालामा पिसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।समाचारको कर्णाली प्रदेश अस्पतालले पुष्टि गरेको हो ।गत जेठ ७ गते भारतबाट आएका उनको बुधवार नै कोरोना संक्रमणको यापिड डाईग्नोस्टिक टेस्ट (आरडिटी) रिजल्ट नेगेटिभ आएपछि उनलाई घर पठाइएको थियो ।

यो संगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सख्या ११ पुगेको छ भने कणाली प्रदेशमा दास्रो हो । यसअघि दैलेखमा एकजनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भइसकेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्