Logo

कोरोना संक्रमणबाट मृत्यु हुने थपिए, कुल संख्या ११ पुग्यो



काठमाडौं, २३ जेठ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । हिजो मृत्यु भएका युवकको नमुना परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको हो ।

मृतक युवक सुर्खेत घर भएका हुन् । उनी ७ जेठमा भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । उनको त्यतिबेला परीक्षण गर्दा नेगेटिभ आएपछि २१ जेठमा घर गएकामा त्यहीं मृत्यु भएको थियो ।

युवकको परीक्षणबाट पोजेटिभ आएको पुष्टि कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको छ । २० वर्षीय उनी पञ्चपुरी नगरपालिका १ हाँसेका हुन् ।

यसअघि नेपालमा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भइसकेको छ । कुल ११ जना मृतकमध्ये ९ पुरुष र २ महिला छन् ।



प्रतिक्रिया दिनुहोस्