Logo

‘व्यायाम र सरसफाइमा ध्यान दिए कोरोनालाई जित्न सकिन्छ’



काठमाडौँ, २३ जेठ । कोरोना सङ्क्रमण देखिएपछि अस्पताल भर्ना हुनुभएका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका २० वर्षीय गिपेन्द्र राई घरफर्केका छन् ।

गत जेठ ६ गते पिसीआर परीक्षणका क्रममा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको भोलिपल्टै उपचारका लागि कोभिड अस्पताल विराटनगरमा भर्ना हुनुभएका राई १४ दिनपछि बिहीबार घर फर्किएको हो ।

कोरोना जितेर अस्पतालबाट घरफर्कीए नगरपालिकाबाट सवारी साधन पुग्न बाँकी रहेकाले राईलाई पुनः अस्पतालमै राखिएको छ । सङ्क्रमण देखिएको दिनदेखि अहिलेसम्म सामान्य अवस्थामा रहनुभएका राईलाई जिल्ला फर्किएपछि १४ दिन होम क्वारेन्टिनमा बस्न लगाउने शर्तमा कोभिड अस्पतालले फर्काएको जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा शैलेस श्रेष्ठले बताएका छन् ।

सङ्क्रमित राई अस्पतालमा भर्ना भए पनि दुई–तीन दिनबाहेक औषधि सेवन नै नगरी निको हुनुभएको जनाइएको छ । काठमाडौँबाट गत वैशाख १२ र १३ गते नगरपालिकाले उद्धार गरेर ल्याइएका एक हजार ३१८ मध्ये ३४ जनाको स्वाब सङ्कलन गरेर पिसीआर परीक्षण गर्दा उहाँलाई सङ्क्रमण देखिएको थियो । आफूलाई पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको दिन सामान्य रुघाखोकी लाग्नुबाहेक कुनै लक्षण नदेखिएको राईले बताएका छन् । (रासस)



प्रतिक्रिया दिनुहोस्