Logo

लिपुलेकको सडक भारतको सुरक्षासँग जोडिएको रणनीतिक प्रायोजनको- भारतीय पूर्व सेनापति मलिक



एजेन्सी, २३ जेठ । भारतका पूर्व सेनापति जनरल भी पी मलिकले लिपुलेक लिपुलेक सडकलाई भारतको भुगोललाई ठुलो सुरक्षा प्रदान गर्ने रणनीतिक प्रायोजनको सडक भनेका छन् । उनले पिथौरागढबाट लिपुलेक जोडिएको उक्त सडकको रणनीतिक महत्व भएको उल्लेख गरेका हुन् ।

‘पिथौरागढबाट लिपुलेक पास भएर निर्माण भएको सडकसहितको उत्तरी सिमातर्फको पूर्वाधार भारतको रणनीतिक प्रायाोजनको हो जसले ठुलो भौगोलिक सुरक्षा प्रदान गर्नेछ,’ जनरल मलिकले इन्डियन एक्सप्रेसको अन्तवार्तामा भनेका छन् । नेपालसँगको सिमा विवादसहित चीनले पछिल्लो समय भारतसँगको सिमामा गरेको गतिविधिबारे सोधिएको प्रश्नमा मलिकले जम्म कश्मिर र लदाखमा भारतले चालेको गत वर्षको कदमप्रति चीनले जनाएको असन्तुष्टिसँग जोडिएको बताए । यसबाहेक चिनियाँ राष्ट्रपति सि जिनपिङले कोभिड १९ पछि गुमेको साखबाट विश्वको ध्यान अन्यत्र मोड्न खोजेको विश्लेषण समेत गरेका छन् ।

भारतका सेनापति जनरल एम एम नरवाणेको लिपुलेक पासको सडक निर्माणप्रति नेपालको आपत्तिलाई चीनको उक्साहट भनी अभिव्यक्ति सार्वजनिक भएको केही हप्तापछि पूर्व सेनापति मलिकको भनाई सार्वजनिक भएको हो । भारतको सैन्य वृत्तमा नेपालमा उत्पन्न पछिल्लो घटनाक्रममा चीनको भुमिकाबारे खुलेरै चर्चा भइरहेको छ । चीनले नेपालले उठाएको लिपुलेक र कालापानीको विषयलाई चीनले बार्गेनिङ बढाउने अस्त्रका रुपमा प्रयोग गर्न लागेको विषयहरुबारे समेत दिल्लीमा चर्चा चलिरहेको छ ।

पूर्व सेनापति मलिकको भनाई भारत र चीनबीच लदाखमा भोलि लेफ्टिनेन्ट जनरल तहमा वार्ता हुन गइरहँदा सार्वजनिक भएको हो । यसलाई अर्थपूर्ण मानिएको छ ।-Photo Source: Indian Express



प्रतिक्रिया दिनुहोस्