Logo

प्रतिष्ठानले स्थानीय तहमा खटायो चिकित्सक



काठमाडौँ, २३ जेठ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले स्थानीय तहमा दुई/दुई चिकित्सकको टोली एक महिनाका लागि खटाएको छ ।

जिल्लाको कनकासुन्दरी गाउँपालिकामा एक र चन्दननाथ नगरपालिकासहित अन्य छ गाउँपालिकामा दुईरदुई गरी १५ चिकित्सकको टोली खटाइएको प्रमुख प्रशासकीय अधिकृत द्वोन्द्वबहादुर शाहीले जानकारी दिएका छन् । उनका अनुसार जिल्लाको गुठीचौर गाउँपालिकामा प्राध्यापक डा कमलराज शर्मा र प्रा.डा. रामप्रसाद उप्रेतीलाई खटाइएको छ । यसैगरी तातोपानी गाउँपालिकामा प्राध्यापक डा सुनिल बुढाथोकी र प्राध्यापक सुष्मा काफ्लेलाई खटाइएको छ ।

जिल्लाको पातारासी गाउँपालिका उपप्रध्यापक कपिल अम्गाईं, डेण्टल सर्जन भुमेष काफ्ले, तिला गाउँपालिका लेक्चर सञ्जीव पण्डित र मेडिकल अधिकृत आशा शर्मा, सिञ्जा गाउँपालिकामा उपप्रध्यापक विशाल पोखरेल र सर्जन दृष्टिराज जोशीलाई खटाइएको प्रतिष्ठानले जनाएको छ । कनकासुन्दरी गाउँपालिकामा डा. शम्भु यादव, चन्दननाथ नगरपालिकामा उपप्रध्यापक डा प्रवीण गिरी र डा अर्जुन तिवारी खट्ने भएका छन् । यसैगरी हिमा गाउँपालिकामा मेडिकल अधिकृत अजीत मिश्र र मेडिकल अधिकृत डा. महिमा थापालाई खटाइएको छ ।

हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा प्राथमिक स्वास्थ्य केन्द्रमा सरकारले चिकित्सक पठाउन नसकेको भन्दै तत्काल चिकित्सक पठाउन अनुरोध गरिएको थियो । गाउँपालिकाले क्वारेन्टिनमा राख्ने नागरिकका लागि स्वास्थ्य र सुरक्षाको व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई पत्राचारसमेत गरेको थियो । (रासस)



प्रतिक्रिया दिनुहोस्