Logo

प्रदेश सरकारलाई खर्च गर्न नसक्नेगरि संघीय सरकारले बजेट दिएको छः पूर्वस्वास्थ्यमन्त्री अधिकारी



काठमाडौं, जेठ २३ । स्थानीय तह र प्रदेश सरकारहरुले संघीय सरकारबाट केहि नपाएको गुनासो गरिरहे पनि सत्तारुढ दल नेकपाका नेताहरुले भने संघले दिएको पर्याप्त स्रोत र साधनको प्रदेश सरकारहरुले उपयोग गर्न नसकेको बताएका छन् । प्रदेश र स्थानीय तहलाई पनि आवस्यक तयारीका लागि संघीय सरकारले कुनै अभाव हुन नदिएको उनिहरुको दावी छ ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहशमा पत्रकार ऋषि धमलासँग कुरागर्दै नेकपाका नेता तथा पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले सवै ठाँउमा केन्द्र सरकराले आवस्यक स्रोत र साधन भएको र सवै भन्दा बढी प्रदेश २ मा गएको दावी गरे ।

उनले अहिलेको सरकार कोरोना नियन्त्रणमा कुनै पनि कोणबाट असफल नभएको भन्दै तयारी अनुसार संक्रमण बढी भएकाले पर्याप्त नदेखिएको बताए । छिमेकि मुलुक भारतबाट आएको ठूलो सख्यालाई सावधानी अपनाउन नसक्दा जोखिम बढेको र सरकारले यत्तिको तयारी नगरेको भए २७ हजार मान्छे मर्नबाट नजोगिने अधिकारीको भनाइछ ।

उनले भने,‘सरकारले थप समन्वय गर्नुपर्यो । प्रदेश सरकारलाई पर्याप्त साधन स्रोत दिएको छ । काम गर्न सकेनन् । दुइनम्बर खतम भो । चुनौती थपिदै गएका छन् । सरकारले २७ हजार मान्छे बचाएको कसैले देख्दैनन् । परिक्षण बढाएर लानुको विकल्प छैन । लकडाउन खुकुलो बनाएर खतरा बढाउने काम भयो । मान्छेले अझै सोशियल डिस्टेन्स छैन । खुकुलो भनेर सवैलाई खुल्ला गर्ने हैन । भोली हामी सखाप हुन्छौ । मृत्युलाई निम्ता दिने काम हुन्छ’ ।



प्रतिक्रिया दिनुहोस्