Logo

गण्डकीको आत्मनिर्भर नीति



काठमाडौँ, २३ जेठ । गण्डकी प्रदेश सरकारले उत्पादन र उत्पादकत्व बढाउँदै कृषिमा आत्मनिर्भर हुने नीति लिएको छ ।

प्रदेशसभामा प्रस्तुत गरिएको आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रममा कृषि क्षेत्रको विकासका लागि कृषि नीति तथा गुरुयोजना तर्जुमा गरिने उल्लेख छ । कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्न यान्त्रिकीकरण, आधुनिकीकरण र व्यवसायीकरणका कार्यक्रम प्रवद्र्धन गरिने प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् ।

कृषि तथा पशुपक्षीजन्य उपजको उत्पादन र उत्पादकत्व वृद्धि गरी मुख्य–मुख्य उत्पादनमा आत्मनिर्भर हुन उन्नत जात, नश्ल र प्रविधिको प्रयोगलाई विस्तार गरिने सरकारको योजना छ । ‘एक पालिकाः एक उत्पादन’ कार्यक्रमलाई प्रभावकारी बनाउन विभिन्न बाली, पशुपक्षी तथा मत्स्यपालनका पकेट तथा ब्लक विस्तार गरिने सरकारले जनाएको छ ।

प्रदेशमा जलवायु अनुकूलित प्रविधिको प्रयोग, विकास तथा विस्तार गर्न मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषि गाउँ कार्यक्रम ७२ स्थानमा सञ्चालन गरिएको छ । यसबाट कृषि उत्पादन र उत्पादकत्व अभिवृद्धि, रोजगारी सिर्जना र गरिबी निवारण गर्न टेवा पुगेको सरकारले जनाएको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्