Logo

गुड डे बिस्कुटमा कीरा भेटिएको घटनाप्रति सरोकारवाला निकाय मौन



काठमाडौं, जेठ २३ । अनुगमन गर्ने निकाय वाणिज्य विभागले ब्रिटानियको ठगी प्रति ऊजुरी परेको जानकारी नभएको बताएको छ ।

भारतको बहुराष्ट्रिय कम्पनी ब्रिटानियाको गुड डे कुकिज बिस्कुटमा कीरा भेटिएको घटनाप्रति सरोकारवाला निकायले चासो नदेखाएको पाइएको हो ।

बिहीबार लाजिम्पाटस्थित एक उपभोक्ताले ब्रिटानिया गुड डे खरिद गरी घरमा लगेर खान लाग्दा किरा भेटिएको थियो । उनले बनाएको भिडियोमा कीरा सँगै बिस्कुट सडेको स्पस्ट देखिन्छ ।

उक्त बिस्कुट यही वर्ष फ्रेब्रअरी १८ तारिखमा बनेको स्पस्ट देखिन्छ । यसको नेपालका लागि ८० रुपैयाँ मुल्य छ । प्याकिङमा उत्पादन मिति भएको १ वर्षसम्म खान हुने अवधि रहने उल्लेख छ । तर, ब्रिटानिया विस्कुटको म्याद उत्पादन बजार भारतमै ६ महिनाभन्दा बढी रहेको देखिँदैन ।

यहीबाट भारतमा म्याद गुज्रेको बिस्कुट लेबलिङमा म्याद बढाउँदै नेपाल पठाइरहेको हो कि भन्ने संशय पैदा भएको छ । ६ महिनामै म्याद सकिने बिस्कुट १ वर्षसम्म म्याद राख्नुले नेपालमा बहुराष्ट्रिय ब्राण्डको नाममा ठगी भइरहेको स्पस्ट देखिन्छ ।

ब्रिटानिया कम्पनीको बिस्कुट नेपालका लागि आधिकारिक बिक्रेता विशाल ग्रुप हो । बीहीबार मात्रै गुणस्तरहीन विस्कुट बजार आएको थाहापाएपछि कम्पनीले छानबिन समिति नै बनाएको बताएको छ ।

तर, म्याद नै अवधि भने भारतबाटै यस्तै आउने बताउँदै आफुहरुलाई केही थाहा नभएको कम्पनीका बजार व्यवस्थापकको तर्क रहेको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्