Logo

कोरोनाविरुद्धको भ्याक्सिनका लागि नौ खर्ब रुपैयाँ संकलन गर्ने संकल्प, १९ प्रकारका भ्याक्सिन तयार गरिने



एजेन्सी, २३ जेठ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको खोप विकासका लागि ९ खर्ब नेपाली रुपैयाँ बराबरको रकम संकलन गर्ने संकल्प गरिएको छ । विश्वभरको सरकार, विभिन्न कम्पनी र व्यक्तिबाट गरी ९ खर्ब रुपैयाँ बराबरको रकम संकलन गर्ने प्रतिवद्धता आएको हो । खोपका लागि कोष बनाएर उक्त रकम संकलन गर्न शुरु भइकेको छ । जसमा विश्वका धनी र शक्तिशाली देशका नेता र अर्बपतिले निश्चित रकमको प्रतिवद्धता जनाइसकेका छन् ।

कुल ८.८ अर्ब डलरको रकम संकलनको संकल्प गरिएको हो जुन ९ खर्ब नेपाली रुपैयाँ भन्दा बढी हो । गाभी इन्टरनेश्नल ग्रुप ‘ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इम्युनाइजेशन’ ले कोषमा रकम जम्मा गर्न आव्हान गरेको थियो । उसले सन् २०२५ सम्म उक्त रकम संकलनको लक्ष्य लिएको हो । यस दौरान ग्रुपले १९ वटा खोप निर्माण गर्नेछ । उक्त जम्मा कोषलाई खोप गठबन्धनको नाम दिइएको छ ।

कोषबाट प्राप्त भएको रकमले भविष्यमा कोरोना खोप कम मूल्यमै प्राप्त हुने र सम्पूर्ण नागरिकले उपयोग गर्न सक्ने जनाइएको छ । उक्त कोषमा ५० देशको रकम जम्मा छ भने विभिन्न ठूला व्यक्तिहरुबाट समेत रकम आएको स्पष्ट पारेका हुन् ।

अमेरिकाले कोषमा १.६ विलियन डलरको सहयोग गरेको छ । । विल गेट्सले उक्त कोषमा १ अर्ब ६० अर्ब डलर दिएका छन् । चीनले २ करोड डलरको प्रारम्भिक प्रतिवद्धता व्यक्त गरेको छ । यसबाहेक युरोपका देशहरुले पनि ठुलो रकमको प्रतिवद्धता व्यक्त गरेका छन् ।

उक्त कोषको स्थापनामा बेलायतका प्रानमन्त्री बोरिस जनसनले गरेका हुन् । उनी आफै कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका हुन् ।

कतारका राजा आमीर शेखले उक्त कोषमा २ करोड डलरको सहयोग गरेका छन् । उनले सन् २०२० मा कोरोना विरुद्वको ग्योबल समिटमा उक्त घोषणा गरेका हुन् । उनले २० देशलाई कोरोना महामारी विरुद्व लड्न सहयोग गरेको जनाएका छन् । अमिरले विश्वलाई एक भइ यस्ता महामारीविरुद्व आग्रह गरेका छन् ।

महामारीबाट उन्मूक्ति पाउन सम्पूर्ण विश्वलाई एक हुन् जरुरी रहेको भनिएको छ । विश्वका सबै ठुला देश र अर्बपतिले कोरोना कोषमा रकम दिने घोषणा गरिसकेका छन् । प्रत्येक १०० वर्षमा विश्वमा महामारी आएको तथ्य छ । यस्ता प्रकारका महामारीमा सधै विश्व एकजुक भएको छ । यसपटक पनि सोही प्रकारले सम्पूर्ण देशलाई आग्रसर हुन आग्रह गरिएका छ ।-Photo Source : Aljazeera



प्रतिक्रिया दिनुहोस्