Logo

विदेशबाट ल्याइएकालाई राख्न भक्तपुरमा तयार भयो होल्डिङ सेन्टर(तस्विर)



जेठ २३, काठमाण्डौ । सरकारले विभिन्न देशबाट ल्याउने प्रदेश नं. १ र २ का नागरिकलाई भक्तपुरमा राखेर सम्बन्धित जिल्ला पठाउने भएपछि नेपाली सेना वीरदल गण भक्तपुरको नेतृत्वमा होल्डिङ सेन्टरको निर्माणको काम पुरा भएको छ । प्रदेश नं. १ का नागरिकलाई सूर्यविनायक नगरपालिकास्थित इम्पेरियर बेक्वैट र प्रदेश २ का नागरिकलाई मध्यपुरथिमि नगरपालिकास्थित हेरिटेज बेक्वैटमा राख्ने गरि तयारी पुरा गरेको विरदल गणका प्रमुख सेनानी शिव पौडेलले जानकारी दिए ।

पौडेलले एयरपोर्टबाट सेल्टरमा आएपछि राख्नेदेखि प्रदेश पठाउनेसम्मको अवधीको लागि तयारी गरिएको जानकारी दिए । एउटा सेल्टरमा पाँच सय जनासम्म राख्न सकिने गरी व्यबस्थापन गरिएको र राती बस्नुपर्ने अवस्था भएमा एउटा सेल्टरमा बढीमा १० जनासम्म सुत्न मिल्ने गरी व्यबस्थापन गरिएको प्रमुख सेनानी पौडेलले बताए ।

सेल्टरमा निःशुल्क सिम कार्ड वितरण, ज्वरो नाप्ने, स्वास्थ्य अबस्था जानकारी लिने, एक छाक खाना खुवाउने, आराम गर्ने व्यबस्था गरिएको तथा एम्बुलेन्स, चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली खटाउने गरि व्यवस्थापन गरिएको छ । विदेशबाट फर्किएका भक्तपुरका नागरिकका लागि भने राधेराधेस्थित इजि वे ट्रायल सेन्टरमा राखेर सम्बन्धित नगरपालिकाले जिम्मेवारी लिएर क्वारेन्टाइनमा लैजाने व्यबस्था गरिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्