Logo

ओलीले अमेरिकाको एमसीसी पारित गराउन खोज्दा चीनबाट यस्तो कुरा आयो



काठमाडौं, २३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको उक्साहटमा भारतसँगको सिमा विवादमा तुरुप हान्दैछन् भन्ने बुझाई भारतको छ । भारतीय सेनापति एम एस नरवाणेले यही बोले । ओलीले यो अभिव्यक्तिलाई निम्छरो त भने तर यसपछि इतिहासका लुकेका विषय धमाधम बाहिर आउँदैछन् ।

काँग्रेस नेता डा. अमरेश कुमार सिंहले ‘ओलीले प्रधानमन्त्री बन्नुअघि बैंककमा भारतीय जनता पार्टीका विदेश विभाग हेर्ने राम माधवलाई भेटेको र हिन्दु राष्ट्रको प्रतिवद्धता व्यक्त गरेको’ खुलासा गरेका छन् । तर, ओलीले भाजपालाई समेत धोका दिएको उनको भनाई छ । यो सत्य हो भने यसरी नै ओलीले चार्तुयता देखाइरहेको बुझ्न सकिन्छ ।

अहिले सिमा विवादमा ओलीले नक्शा जारी गर्ने निर्णय गरेका छन् । यसलाई पारित गर्न संसदमा विधयेक पेश भएको छ । तर, रोक्किनुले आशंका बढेको छ । चीनसँग भारत भोलि लेफ्टिनेन्ट जर्नेल स्तरीय सैन्य तहको वार्ता गर्दैछ । वार्ताले निचोड ननिस्कँदासम्म यता नक्शा संसदमा अगाडि बढ्ने छाँटकाँट देखिएको छैन । यसैले पनि नेपालले चीनका लागि बार्गेनिङ बढाउने आधार तयार गरिदियो भन्ने भारतीय पक्षको बुझाई छ ।

यता चीनसँग मिलेर भारतविरुद्ध शब्दवाण नै छेडे । प्रतिक चिन्हबारे समेत बोले । भारतको भाइरस सम्म भने । भारतभित्र चाहिं ओली भारतको बुइ चढेर उचालिएको भनिएको छ ।

तर, फेरि ओलीसामु अमेरिकाको रणनीतिक स्वार्थ पुरा गर्नुपर्ने वाध्यता आइपरेको छ । असारको मध्यसम्मा अमेरिकी सहयोग सम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी पारित गर्नुपर्ने हुन्छ । ओली त्यसलाई पारित गर्न हात धोएर लागेका छन् । उनका पार्टीभित्रका प्रतिद्वन्द्वी यसलाई तुहाउन सक्रिय छन् । एमसीसी अमेरिकी सामरिक स्वार्थ पूरा गर्ने रणनीति हो भन्ने बुझाई नेकपाका ओलीइतरको छ । अमेरिकी स्वार्थमा नेपालमा फेरि अर्को वितण्डा मच्चिनसक्ने ओलीविरोधी नेकपा नेताहरुको छ । झलनाथ खनाल देखि भीम रावल सम्म एमसीसीविरुद्ध कडा रुपमा उत्रिएका छन् ।

उता चीनबाट पनि अमेरिकी रणनीतिबारे गहिरो विषय आएको छ । अमेरिकाले खुफिया एजेन्सी लगाएर विश्वका धेरै देशहरुमा अस्थिरता फेलाउने गरेको आरोप ग्लोबल टाइम्सबाट लगाइएको छ । चीनको विदेश मामलासम्बन्धी धारणा आउने गरेको उक्त पत्रिकाको अनलाइन संस्करणमा लेखिएको छ, अमेरिकाको खुफिया एजेन्सीले देशहरुमा लोभ र लालचको आधारमा मुलुकमा अस्थिरता ल्याइ द्वन्द्व सर्जिना गर्न खोजेको छ । यसको संकेत कतै एमसीसीतर्फ पनि होइन ? यो प्रश्न उठेको छ ।

समस्याका नाममा पस्ने र समस्या समाधान नहुने गरी द्वन्द्वलाई सिर्जना गर्न अमेरिका खप्पिस रहेको लि किङकिङले ग्लोबल टाइम्समा लेखेका छन् । चिनियाँ विदेश मामलाको धारणा आउने गरेको ग्लोबल टाइम्समा यस्तो आइरहँदा ओली भने एमसीसी कुनै हालतमा पारित गर्ने गरी प्रस्तुत भइसकेका छन् । पार्टीको सचिवालय, स्थायी र केन्द्रीय कमिटिभित्र एमसीसीको पक्षमा मत नदेखिने भएकाले ओली सिधै संसदीय दलमा जान चाहन्छन् । होइन भने संसदमा मतदानमा सिधै जाने रणनीतिमा छ ।

ओलीले एमसीसीबारे हत्तो हालेर लागेपछि उत्तरी छिमेकी शतर्क भएको छ । बाहिर जे भनेपनि चीनले ओलीको यो रणनीतिलाई नजिकबाट हेरिरहेको बुझिएको छ । यसअघि ओलीको सत्ता ढल्न लाग्दा चिनियाँ राजदुत होउ यान्छी सक्रिय भएको पर्दाबाहिरै छताछुल्ल भएको थियो । ओलीलाई यति ठुलो गुन लगाएको चिनियाँ पक्षले एमसीसीबारे भने गम्भीरता देखाएको बुझिएको छ । अमेरिका लालच देखाएर अस्थिरता ल्याउन थाल्छ भनी चिनियाँ धारणा त्यसै आएको होइन ।- एजेन्सीको सहयोगमा Photo File



प्रतिक्रिया दिनुहोस्