Logo

एमसीसीको विरोधमा लम्सालको नेतृत्वमा धादिङका युवाहरुको प्रदर्शन (फोटोफिचर)



काठमाडौं, २३ जेठ । राजन लम्सालको नेतृत्वमा धादिङका युवाहरुले एमसीसीको विरोधमा आज प्रदर्शन गरेका छन् । विरोध प्रदर्शनमा लम्सालसहित युवाहरु श्रीकृष्ण रिजाल, प्रकाश श्रेष्ठ, रेजन श्रेष्ठ, नन्द काप्री, सुवास बसेल रअन्जित लामिछानेलगायत सहभागी थिए । पछिल्लो समय सरकारले अमेरिकी सहयोग सम्झौता एमसीसी संसदको यही अधिवेशनबाट पारित गराउने तयारी गरिरहेको भन्दै देशव्यापी रुपमा विरोध तथा प्रदर्शन भैरहेको छ । सोहीअनुसार धादिङका युवाहरुले पनि आज प्रदर्शन गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्