Logo

‘विवाहका लागि प्रेमीलाई रकम दिएँ, तर उनले अरुसितै विहे गरे’



प्रेम सम्बन्धलाई विवाहमा रुपान्तरण गर्न थोरै मानिसहरु मात्र सफल हुन सक्छन् । युवतीहरुले आफ्नो प्रेम सम्बन्धलाई निकै गहिराइमा लिने गर्छिन् । प्रेम जीवनलाई वैवाहिक जीवनमा परिणत गर्न खोजेकी पर्ल नाम गरेकी युवतीले भने प्रेमीबाट धोका पाएकी छिन् । उनले आफ्नो पहिलो प्रेम सम्बन्धबाट धोका पाएकी हुन्छिन् ।

पर्ल निराश हुन्छिन् । केही दिन पश्चात पर्लले थाबांगलाई मन पराउन थाल्छिन् । उनीहरुको प्रेम सम्बन्ध एक वर्षसम्म चल्छ । थाबांग नाक गरेको उनको प्रेमी भने कुनै पेशामा कार्यरत हुदैन् । काम नगरेको कारण पर्लले थाबांगलाई नछाड्ने प्रतिवद्वता व्यक्त गर्छिन् । तर,प्रमीले आफूले जागिर पाएको बताउँछन् । उनी खुशी हुन्छिन् । आफ्नो सम्बन्धलाई मजबुत पार्न प्रेमीलाई वैवाहिक जीवनको प्रस्ताव गर्छिन् । पे्रमी विवाहका लागी राजी हुन्छन् । दुवै बीच विवाह गर्ने सहमति हुन्छ । पर्लले आफ्नो विवाहका लागी प्रेमीलाई रकमको सहयोग गर्छिन् । तर, प्रेमीको लुकेको धारणा भने फरक हुन्छ । जसलाई पर्लले देख्न सकिनन् । रकम पाएको भोलि पल्ट देखि थाबांग गायब हुन्छ । दूई महिना पश्चात थाबांगको फेसबक पेज मार्फत उनले विवाह गरेका तस्बिर पर्लले देखिछन् ।

पर्लले किन यस्तो गरेको भन्दै थाबांगलाई प्रश्न गरिन् । जवाफमा थाबांगले उनी बुढी भएको र आफ्नो परिवारले स्वीकार नगर्ने कारण बताए । थाबांगले भने उनको पैसा फिर्ता गरिदिने जनाए । आफूले प्रेमलाई निरन्तरता दिन सकेको प्रयास गरेका बताइन् । पैसा त फिर्ता हुन्छ । तर, माया गरेको कसले फिर्ता गर्छ भन्दै पुनः एक पल्ट धोका पाएकी महसुस गर्छिन् ।



प्रतिक्रिया दिनुहोस्