Logo

म परराष्ट्र मन्त्री भएँ भने कालापानी, लिपुलेक फिर्ता ल्याउँछु : डा. अमरेश सिंह (भिडिओसहित)



काठमाडौं, २३ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डा. अमरेश कुमार सिंहले आफू परराष्ट्रमन्त्री भए कालपानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउने दाबी गरेका छन् । हिजो (बिहीबार) राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लम्पियाधुरा नेपाली भूमि फिर्ता ल्याउन नसक्ने र ल्याउनपनि नचाहेको गम्भिर आरोप लगाए । उनले भने,’अहिलेका प्रधानमन्त्रीले नेपाली भूमि फिर्ता ल्याउँदैनन् ।’ उनले आफू केपी ओलीभन्दा ठूलो राष्ट्रवादी भएको पनि दाबी गरे ।

Related News:

केपी ओलीले कालापानी फिर्ता गरे आजीवन ओलीको जुत्ता पालिस गरेर बस्छु : सिंह (भिडिओसहित)

 



प्रतिक्रिया दिनुहोस्