Logo

भुवन केसीलाई धक्का, अब नेकपामा रहलान् ?



काठमाडौं, २३ जेठ । नेपाली चलचित्रका सदावहार नायक भुवन केसी । चार दशकयता निरन्तर चलचित्र क्षेत्रमा लागेका । उनी देशभित्र मात्र नभई विदेशमा पनि लोकप्रीय छन् । आजसम्म दार्जिलिङ, सिक्किम, भुटान देखि बर्मासम्मका नेपाली भाषी भुवन र नेपाली चलचित्रलाई पर्याय मान्छन् ।

भुवन केसी विवादमा पनि आइरहन्छन् । बेला बेलामा महिलासँगको सम्बन्धले उनी विवादमा आउन गरेका छन् । तर, राजनीतिमा पनि यताउता लागेर उनी चर्चामा आए । कुनै समय राजावादीहरुसँग नजिक रहेका उनी पछिल्लो समय कम्युनिस्ट बने । दक्षिणपन्थी पारिवारिक पृष्ठभुमीका उनी हालैमात्र वामपन्थी बन्दा धेरैले आश्चर्य माने । भुवनले पक्कै चुनावमा टिकट पाउने भए भन्ने लाग्यो । तर, पाएनन् ।

नेकपामा अब उनलाई चलचित्र क्षेत्रको कुनै गजबकै नियुक्ति दिइने भयो भन्ने चर्चा भयो । चलचित्र विकास बोर्डको अध्यक्ष बनाउने विषय आयो । भुवनले माग हुँदा दरखास्त दिए । अन्तिम तीनजनामा छनोटमा परे । तर, बाजी निर्देशक दयाराम दाहालले मारे । भुवन जिल्लाराम हुनुपर्यो । अब उनले यो घटनापछि नेकपामै रहिरहने सम्भावना नरहेको बुझिएको छ । भुवन जुन आशाले नेकपामा प्रवेश गरे त्यो निराशामा बदलिएको छ ।

काठमाडौंको रैथाने हुनु भुवन केसी । सिनामंगलमा हुर्के बढेका उनको परिवार सैनिक पृष्ठभुमिको हो । उनीचाहिं चलत्रिमा लागे । नेकपामा उनको प्रवेश जसरी अस्वाभाविक ठानिएको थियो अबको कदम पनि त्यस्तै हुनसक्ने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्