Logo

युएइबाट एक सय ६८ नेपाली बोकेको एयर अरेबिया विमान काठमाडौँमा अवतरण



काठमाडौँ,  २३ जेठ । युएइबाट एक सय ६८ जना नेपाली नागरिकहरु स्वदेश फर्केका छन् । युएईको सारजहाँ एयरपोर्टबाट एक सय ६८ जना नेपाली नागरिक लिएर उडेको एयर अरेबियाको जहाजमार्फत एक सय ६८ नेपाली नेपाल फर्केका हुन् ।

त्रिभुवन विमानस्थलमा एयर अरेबिया विमान ५ः३८ ल्याण्ड गरेको जनाइएको छ । उक्त विमानमा एक शव पनि रहेकाे विमानस्थलका अधिकारीहरूले जनाएका छन् ।

युएइबाट नेपाल भित्रने नेपाली नागरिकलाई विमानस्थलमै प्रदेश स्तरमा बाँडफाँड गरी नेपाली सेनाको टोलीले होल्डिङ सेन्टर पुर्याउने जनाइएको छ । यसैगरी म्यानमारबाट २६ जना नेपाली नागरिक आज नेपाल फर्केका थिए । File photo



प्रतिक्रिया दिनुहोस्