Logo

सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐन संशोधन प्रक्रिया अघि बढाउन माग



काठमाडौं, २३ जेठ । द्वन्द्व पीडित राष्ट्रिय सञ्जालले द्धन्द्ध पीडितहरुलाई न्याय, उचित राहत, क्षतिपूर्तिलगायतका परिपूरणका प्याकेज उपलब्ध गराउन सरकारसमक्ष माग गरेको छ । २०६२ साल जेठ २३ गते चितवनको बाँदरमुढेमा भएको विष्फोटको घट्नाबारे विज्ञप्ती निकाल्दै सञ्जालले यस्तो माग गरेको हो । उक्त विस्फोटमा परी ३८ जनाले ज्यान गुमाएको र ७० भन्दा बढि घाईते भएका थिए । ती घाईते तथा अपांग भएकाहरु आजसम्मपनि शारिरीक एवम् मानसिक समस्याबाट ग्रसित रहेको कुरा सञ्जालले जनाएको छ ।

सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐन संशोधन नहुनु दुःखद् भएको पनि सञ्जालले स्पष्ट पारेको छ । सञ्जालका अध्यक्ष गोपालबहादुर शाहको नाममा जारी विज्ञप्तीमा सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐन संशोधन तत्काल अघि बढाउन माग गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्