Logo

यसकारण कोभिड–१९ विरुद्ध प्रतिरक्षात्मक प्रणाली विकास गर्नुपर्छ



कोरोनालाई कोभिड–१९ नामले पनि बुझिएको छ । यस्ले विश्वस्तरमा नै लाखौ मानिसहरुलाई आक्रान्त बनाएको छ । चीनको बुहान शहरबाट शुरु भएको कोरोना भाइरस हो । लामो समयको संघर्षपछि विश्व स्वास्थ्य संगठनसँगै विभिन्न देशका सरकारहरुले हामी कोरोनाको साथ बाँच्नुपर्छ भन्दै विश्वास गर्न बाध्य भएका छन् । आफैले आफूमा सावधानी अपनाएमात्र भाइरसलाई रोक्न सक्ने एक मात्र तरिका हो ।

यो विश्व महामारी हो । यो एक विश्वव्यापी महामारी भएकोले यो रोग पुर्ण संक्रामक हो जुन सजिलै व्यक्तिबाट अर्कोमा सर्छ । कोरोनाबाट बच्न आजसम्म कुनै खोप वा औषधी बनेको छैन । लकडाउन मात्र यस्को एक विकल्पको रुपमा सावित भयो । अहिले पछिल्लो समयमा लकडाउन खोल्नुको बाध्यत्मक परिस्थिती आएकोले मात्र सबै देशले लकडाउन खोल्न हतार गरीरहेका छन् ।

हरेक देशका सरकारले लकडाउन लगाएको भन्दै विभिन्न आलोचना भएपनि सरकार स्थिर भएर लकडाउन लगाएर कोरोना भाइरसलाई केही हदसम्म रोक्न सफल भएको हो । यसबाट दैनिक गुजारा चलाउने मजदुरहरु धेरै समस्यामा परेका छन् ।

कोरोना भाइरसको अर्को नाम ‘हर्ड इम्युनिटी’ हो । कोरोना प्रभावित क्षेत्रलाई तीन भागमा विभाजन गरेर प्रभावितको पहिचान गर्न सजिलो भई सर्तक हुने तरीका हो । यसरी क्षेत्र हेरेर समुदायको प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ । धेरै मानिसहरुलाई शरीरमा इन्जेक्शनको सट्टा प्रतिरक्षा प्रणालीको विकास गर्नु आवश्यक हुन्छ ।

अब हामी खोपको पर्खाइमा बस्ने वा प्रतिरक्षा प्रणाली बलियो बनाएर सामान्य जीवनमा फर्कने भन्ने विषय विवादास्पद रहेका छन् । अब यस प्रश्नको उत्तर खोज्ने समय आएको छ । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्